Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
August 20th, 2008 |Make this home Page
Search -:-
    
April 25th, 2008

पाँच वर्षभित्र चीनले ल्हासादेखि खासासम्म रेलसेवा विस्तार गर्ने



चीनले तिब्बतको ल्हासादेखि नेपालको सिमावर्ती खासासम्मको रेलमार्ग आगामी पाँच वर्षभित्र विस्तार गर्ने जनाएको छ ।

चीनले तिब्बतको ल्हासादेखि नेपालको सिमावर्ती खासासम्मको रेलमार्ग आगामी पाँच वर्षभित्र विस्तार गर्ने जनाएको छ ।

 

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले शुक्रबार बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटी आफ्नो मुलुकले चालु ११ औं पञ्चवर्षिय योजनामा सो रेल मार्ग विस्तार योजनालाई समेटेको जानकारी गराएको हो ।

 

नेपाल सरकारले सो रेलमार्ग विस्तारका लागि चीनलाई पटक पटक औपचारिक आग्रह गरेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीका महानिर्देशक आइ पिङ नेतृत्वको टोली र प्रधानमन्त्री कोइरालाबीच संविधानसभा निर्वाचनपछि नेपालमा विकसित राजनीतिक घटनाक्रम, दुई मुलुकबीचको पारस्परिक सम्बन्धलगायतका बारेमा पनि छलफल भएको प्रधानमन्त्रीका विदेश सल्लाहकार आदित्य बरालले जानकारी दिनुभयो ।

 

पाँच दिनअघि नेपाल आएको चार सदस्यीय सो टोली आज स्वदेश फर्कदैँ छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com