Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
September 7th, 2008 |Make this home Page
Search -:-
    
April 29th, 2008

बहराइनसँग श्रम सम्झौता



नेपाल र बहराइनबीच मंगलबार श्रम सम्झौता भएको छ ।

नेपाल र बहराइनबीच मंगलबार श्रम सम्झौता भएको छ । बहराइनमा कार्यरत

नेपाली कामदारले स्थानीय र अन्य विदेशी श्रमिक सरह कानुनी हैसियत पाउनेछन् ।

 

यसअघि बहराइनमा कार्यरत नेपाली कामदारले स्थानीय श्रम कानुनअनुसार संरक्षण र अधिकार पाएका थिएनन् । त्यहाका रोजगारदाता र नेपाली कामदारबीच भएको करारपत्र अनुसारका सुविधा नपाउदा पनि बहराइनका न्यायिक निकायले नेपाली कामदारका पक्षमा निर्णय गर्न सक्ने अवस्था थिएन ।

 

सहमतिमा नेपाली कामदारलाई व्यावसायिक तालिमसमेत उपलब्ध गराउने उल्लेख छ । कतार र युनाइटेड अरब इमिरेट्ससग श्रम सम्झौता हुदा यस्तो सहयोग उल्लेख थिएन ।

 

सहमतिपत्रमा हस्ताक्षर गर्दै श्रम मन्त्री रमेश लेखक र बहराइनका श्रम मन्त्री डा. मजिद बिन महसिन अल अलावीले यो अवसर दुवै देशका लागि उपलब्धिमूलक हुने बताए । तीव्र विकासको गतिमा अघि बढेको बहराइनका लागि ठूलो संख्यामा अदक्ष, अर्धदक्ष र दक्ष कामदार आवश्यक परेको छ भने श्रम बजारमा बर्सेनी भित्रने साढे तीन लाख युवालाई रोजगारी चाहिएको छ ।

 

मन्त्री लेखकले सहमतिपछि बहराइनले नेपाली युवालाई प्राथामिकताका साथ रोजगारी उपलब्ध गराउने विश्वास व्यक्त गरे । 'यसबाट दुवै देशको स्रोत र क्षमता उपभोग हुनेछ,' उनले भने । उनले सम्झौता अनुसार बहराइनको श्रम कानुनले त्यहा कार्यरत र अब जाने नेपाली श्रमिकलाई कानुन अनुसार सुविधा र अधिकार उपलब्ध हुने बताए ।

 

श्रम मन्त्री अलावीले वहराइनमा पछिल्लो दुई वर्षमा ५ सय प्रतिशतले लगानी वृद्धि भएकाले ठूलो संख्यामा श्रमशक्ति आवश्यक भएको बताए । उनले बहराइनले अदक्ष श्रमिकलाई पनि विकासका साझेदारका रूपमा लिने गरेको जानकारी दिदै नेपाली जनशक्तिप्रति अन्यत्रभन्दा बढी जोड दिने बताए । बहराइनले १० भन्दा बढी देशबाट कामदार लिदै आएको छ ।

 

अलावीले हालसम्म बहराइनमा नेपालीको कुनै पनि अपराध दर नभएको, शान्त र मेहनती भएकाले प्राथामिकता दिइने नीति अवलम्बन गरिएको बताए ।

 

नेपाली कामदारको दक्षता अभिवृद्धिका लागि नेपालले पर्याप्त पहल गर्नुपर्छ, त्यसका लागि हामी पनि सहयोग गर्न तयार छौं, उनले भने । भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान लगायत मुलुकका कामदारसग नेपालले प्रतिस्पर्धा गर्नुपर्ने भएकाले क्षमता बढाउन अझ आवश्यक भएको उनको जोड थियो ।

 

लेखकले बहराइनका रोजगारदाता र नेपाली कामदारबीचको आपसी सम्झौताका आधारमा तलब निर्धारण हुने भएकाले सहमतिमा न्यूनतम तलबबारे उल्लेख नगरिएको बताए । न्यूनतम तलब कामदार र रोजगारदाताबीचको कुरा भए पनि बहराइनको कानुनबमोजिम नेपाली कामदारले सुरक्षा पाउने छन्, उनले भने ।

 

व्यवसायजन्य तालिममा बहराइनले सहयोग गर्ने आश्वसन प्राप्त भएकाले अदक्ष कामदार पठाउने बाध्यताबाट सरकार मुक्त हुने विश्वास लेखकको छ ।

 

बहराइनमा नेपालले १० हजार कामदार औपचारिक रूपमा गएको देखाएको छ भने बहराइनका श्रम मन्त्रीले करिब ३० हजार नेपाली कामदार त्यहाभएको बताए । उनका अनुसार बहराइनमा अर्न्तराष्ट्रिय स्तरका ५ सय भन्दा बढी बैंक भएकाले बैंक, उद्योग, निर्माण, सेवा क्षेत्रलगायतका व्यवसायका लागि कामदार आवश्यक छन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तिलक रानाभाटले बहराइनसको श्रम सम्झौताले थप रोजगारीका अवसर प्राप्त हुने जनाए ।

 

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com