भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटब्यूरो सदस्य सीताराम यचुरीले नेपालमा नयाँ सरकारको नेतृत्व नेपाली जनताको म्याण्डेट पाएको दलले गर्नुपर्ने बताउनुभएको छ ।
भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटब्यूरो सदस्य सीताराम यचुरीले नेपालमा नयाँ सरकारको नेतृत्व नेपाली जनताको म्याण्डेट पाएको दलले गर्नुपर्ने बताउनुभएको छ ।
रिपोर्र्टर्स क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले जनताको म्याण्डेट पाएका दलहरु मिली सरकार सञ्चालन गर्नुपर्ने भन्दै माओवादीको नेतृत्वमा सरकार बन्नुपर्ने संकेत गर्नुभएको हो ।
दुइ दिने नेपाल भ्रमण सकेर स्वदेश र्फकनेक्रममा यचुरीले भन्नुभयो नयाँ सरकार सहमति र सहकार्यबाटै संचालन होस् भन्ने भारतको चाहना रहेको बताउनुभयो । नेपाली जनताको भावनालाई अमेरिकालगायत अन्तराष्ट्रिय समुदायले समेत सम्मान गर्नुपर्नेमा उहाँको जोड थियो ।
यचुरीले नेपालमा राजतन्त्रको अन्त गरी लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जनताले म्याण्डेट दिएकाले छिट्टै गणतन्त्र स्थापना हुने आशा समेत व्यक्त गर्नुभयो । नेपाल र भारतबीचको सन्धी पुनरावलोकन गर्नुपर्नेमा जोड दिँदै यचुरीले नयाँ परिवेशमा नयाँ ढंगले सम्बन्ध स्थापित गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाललगायतसँग भेटी संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरेको बताउनुभयो ।