Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
October 8th, 2008 |Make this home Page
Search -:-
    
July 15th, 2008

अनमीनको कार्यदिशा स्पष्ट पार्न नेपाल सरकारलाई आग्रह



राष्ट्र संघीय महासचिव वान कि मुनले नेपाल सरकारले चाहेको राष्ट्र संघीय राजनीतिक मिसन अनमीनको कार्यदिशा प्रष्ट पार्न आग्रह गर्नुभएको छ।

राष्ट्र संघीय महासचिव वान कि मुनले नेपाल सरकारले चाहेको राष्ट्र संघीय राजनीतिक मिसन अनमीनको कार्यदिशा प्रष्ट पार्न आग्रह गर्नुभएको छ।

सुरक्षा परिषद्‌मा सोमबार पेस भएको नेपालसम्बन्धी प्रतिवेदनमा महासचिव वानले नेपाल सरकारले पठाएको पत्र अनमीनलाई राजनीतिक मिसनका रुपमा निरन्तरता दिनेबारे अस्पष्ट रहेको उल्लेख गर्नुभएको छ। उहाँले नेपाल सरकारद्वारा गत मंगलबार प्रेसित पत्र कार्यदेशबारे अस्पष्ट रहेकाले राजनीतिक मिसनका रुपमा अनमीनको निरन्तरताका लागि प्रस्ताव गर्न अप्ठ्यारो परेको बताउनुभएको छ।

सोमबार न्युयोर्कमा सार्वजनिक नेपालसम्बन्धी महासचिव वानको प्रतिवेदनमा अन्मिनको कार्यदेशबारे स्पष्ट नपारी सरकारले अनुरोध गरेअनुसार ६ महिना कार्यअवधि थप्न नसकिने उल्लेख छ।

आगामी शुक्रबारसम्म राष्ट्र संघीय सुरक्षा परिषदमा सुरु हुने नेपालसम्बन्धी छलफलअघि अन्मिनको कार्यदेश स्पष्ट नभए त्यसमा पुनःविचार गर्न अन्मिनको कार्यवधि एक महिना मात्र थप गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा शान्ति प्रक्रिया संस्थागत भैसकेकाले  सेना तथा हतियार अनुगमन प्रयोजनका लागि मात्रै अनमीनको कार्यअवधि ६ महिना थप गर्न आवश्यक नरहेको समेत महासचिव वानले बताउनुभएको  छ।

सो अनुरोधमाथि सुरक्षा परिषदमा आगामी शुक्रबार छलफल भई त्यसको चार दिनपछि निर्णय हुने राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि मधुरमण आचार्यले जानकारी दिनुभएको छ।
 

More Headlines -:-

»  अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत
»  रात्रीकालिन रेष्टुरेण्ट व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
»  सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप
»  जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री
»  प्रधानमन्त्री दाहाल र बाउचरबीच भेटवार्ता
»  सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी
»  बाढी पहिरोबाट सुदुरपश्चिमको जनजीवन प्रभावित, २८ को मृत्यु
»  सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट
»  अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै
»  धादिङमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु, ३८ घाइते
 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com