Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
October 8th, 2008 |Make this home Page
Search -:-
    
April 26th, 2008

कांग्रेसले माओवादीसँग भएको हतियार नष्ट गर्ने शर्त अगाडि सार्ने



नेपाली कांग्रेसले नयाँ सरकार गठनपूर्व माओवादीको साथमा रहेका हतियार नष्ट गरिनुपर्ने वा सरकारलाई बुझाउनुपर्ने शर्त अगाडि सार्ने भएको छ ।

नेपाली कांग्रेसले नयाँ सरकार गठनपूर्व माओवादीको साथमा रहेका हतियार नष्ट गरिनुपर्ने वा सरकारलाई बुझाउनुपर्ने शर्त अगाडि सार्ने भएको छ । रिपोर्र्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा कांग्रेस उपसभापति गोपालमान श्रेष्ठले यस्तो खुलासा गर्नुभएको हो ।

उहाँले माओवादीको हतियार नष्ट गर्ने या सरकारलाई बुझाउने शर्त प्रस्तुत गर्नेबारे पार्टीको धारणा अन्तिम चरणमा पुगिसकेको बताउनुभयो । श्रेष्ठले राजनीतिक दलसम्वद्ध सेनाका कमाण्डर राष्ट्रप्रमुख बन्न नसक्ने बताउँदै माओवादीले हतियार र जनसेनाबारे आफूहरुले राखेको शर्त पूरा गरेपछि मात्र नयाँ सरकारका गठनबारे छलफल अघि बढ्ने बताउनुभयो ।

सेनाका प्रमुखलाई सत्ता हस्तान्तरण गरेर मुलुक बर्बाद बनाउने पक्षमा कांग्रेस नरहेको दाबी गर्दै श्रेष्ठले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सरकारबाट हट्नुपर्ने कुनै कारण नभएको जिकिर गर्नुभयो ।

उहाँले माओवादीको यूवा संगठन वाइसिएल तत्काल बिघटन गर्नुपर्ने, कब्जा गरिएका घरसम्पत्ति फिर्ता गर्नुपर्ने, विस्थापितलाई पुनःस्थापित गर्नु पर्ने बताउँदै  लोकतान्त्रिक पद्धति निर्माणका लागि सत्ता नछाड्ने निर्णयमा कांग्रेस पुगेको बताउनुभयो ।

More Headlines -:-

»  अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत
»  रात्रीकालिन रेष्टुरेण्ट व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
»  सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप
»  जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री
»  प्रधानमन्त्री दाहाल र बाउचरबीच भेटवार्ता
»  सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी
»  बाढी पहिरोबाट सुदुरपश्चिमको जनजीवन प्रभावित, २८ को मृत्यु
»  सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट
»  अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै
»  धादिङमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु, ३८ घाइते
 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com