Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
October 13th, 2008 |Make this home Page
Search -:-
    
April 27th, 2008

हिमाली स्वायत्त प्रदेशको बैठक सम्पन्न



बागबजार स्थित होटल अशोकामा हिमाली स्वायत्त प्रदेश सम्बन्धि एक कार्यक्रम सम्पन्न भएको छ। दिनको ठिक २ बजेबाट सुरु भएको सो कार्यक्रम हिमाली आदिवासी लोकतान्त्रीक

छिरिङ तेन्जिङ शेर्पा

 

काठमाडौ, बैशाख १४ - बागबजार स्थित होटल अशोकामा हिमाली स्वायत्त प्रदेश सम्बन्धि एक कार्यक्रम सम्पन्न भएको छ। दिनको ठिक २ बजेबाट सुरु भएको सो कार्यक्रम हिमाली आदिवासी लोकतान्त्रीक गणतन्त्रिक नागरिक मन्चको संयोजक" भु पु सांसद श्री वाङ्छे शेर्पा तथा "हिमाली बुद्धिजिवि मन्च" का संयोजक डा ल्हाक्पा नुरु शेर्पा को संयोजकत्वमा भएको हो ।

 

"सम्पुर्ण हिमाली आदिवासीहरुको चाहना, हिमाली स्वायत्त प्रदेशको स्थापना, हिमाली आदिवासीको आत्मनिर्णयको अधिकार, हिमाली स्वायत्त प्रदेशको मूल आधार! भन्ने नारा सहित अघि बढेको सो कार्यक्रममा मुख्यत तीन एजेन्डामाथि बिस्तृत छलफल भएको थियो। हिमाली आदिवासीहरुको सवल र स्वतन्त्र राजनीतिक प्रतिनिधित्वका साथै सामाजिक, आर्थिक समृद्ध र विकासका लागि नेपालको पूर्वी ताप्लेजुङदेखि पश्चिमको दार्चुला सम्मको उत्तरी भूभागमा बुद्ध धर्म मान्ने भोटे भाषामा आधारित हिमाली भाषा  बोल्ने, समान संस्कृति र आर्थिक जिवन भएका हिमाली आदिवासीहरुको मूक्तिको वाच्छनीय भएकोले हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मन्चद्वारा जारी गरेको २१ बुँदे घोषणा-पत्र प्रकाशनको अवगत गराउँदै मन्चका सचिव श्री आङ काजी शेर्पा (किसान) द्वारा कार्यक्रम सन्चालन भएको थियो ।

 

प्रमुख तीन एजेन्डा माथिको छ्लफलको क्रममा नेपालको ईतिहाँसमानै ऐतिहाँसिक संविधानसभाको चुनाव शान्तिपूर्ण रुपमा सफलतापूर्वक सम्पन्न भै राज्यकै महत्वपुर्ण द्वार खुलेको बर्षको यस बुद्ध जयन्ति पर्वलाई एक बिशेष तरिकाले महत्वपूर्ण पर्वको रुपमा सबै एक जुट भएर मनाउनु पर्ने कुरामा सहमत भयो । यसै गरि आउने ज्येष्ठ महिनाको २० र २१ गते काठमाणडौको बौद्ध स्थित हयात रिजेन्सिमा हुन गै रहेको वृहत हिमाली स्वायत्त प्रदेश को राष्ट्रिय सम्मेलन सफलता पूर्वक सफल बनाउनु पर्ने र आ-आफ्नो क्षेत्रबाट सक्दो नेता, बुद्धिजीवी तथा लामा गुरुज्यूहरुको उल्लेखनीय उपास्थिति गर्नु गराउनु पर्नेमा बिशेष जोड दिइयो भने अब बनाउने नयाँ संविधानमा हिमाली क्षेत्रबाट प्रतिनिधित्व गरि संविधानसभा सदस्यमा निर्वाचित हुनु भएको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेद्वारहरु सँग समन्वय गरि हिमाली स्वायत्त सम्बन्धि स्पष्ट खाका तयार पार्नु पर्ने कुरामा पनि

जोड दिईयो।

 

सो कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरुले आ-आफ्नो धारणाहरु ब्यक्त गर्ने क्रममा जो जो जुन् जुन साँस्थाहरुबाट अघि बढे पनि सबैको उद्देश्य एउटै रहेकोले कसैले शंका नगर्न पनि आग्रह गरेका थिए । हिमाली स्वायत्त सम्बन्धि विगतको कार्यक्रमहरु भन्दा आजको यस कार्यक्रममा विभिन्न जिल्लाहरुबाट विभिन्न पृष्ठाभूमिको ब्यक्ति ब्यक्तित्वहरुको सयौंको संख्यामा उत्सुकताको साथ उपपस्थिति रहेको थियो । ताप्लेजुङ, तेह्राथूम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, खोटाङ, रामेछाप, दोलाखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोर्खा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, हुम्ला र दार्चुलाको वयक्तिहरुको उपस्थित सो कार्यक्रममा शत प्रतिशत हिमाली स्वायत्त हुनु पर्ने पक्षमाम देखिन्थे। अन्त्यमा  चाँडै बुद्ध जयन्तिको तैयारीको अर्को बैठकमा पुन भेट्ने वाचा गर्दै संयोजक श्री वाङ्छे शेर्पाले उपस्थित सबैलाई धन्यवाद दिंदै जलपान सहित भएको सो कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो।

More Headlines -:-

»  अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत
»  रात्रीकालिन रेष्टुरेण्ट व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
»  सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप
»  जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री
»  प्रधानमन्त्री दाहाल र बाउचरबीच भेटवार्ता
»  सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी
»  बाढी पहिरोबाट सुदुरपश्चिमको जनजीवन प्रभावित, २८ को मृत्यु
»  सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट
»  अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै
»  धादिङमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु, ३८ घाइते
 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com