Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
October 13th, 2008 |Make this home Page
Search -:-
    
April 29th, 2008

आजदेखि लोडसेडिङको आधा समय कटौती



विद्यत् प्राधिकरणले मंगलबारदेखि लोडसेडिङ अवधि आधा कटौती गर्ने भएको छ ।

विद्यत् प्राधिकरणले मंगलबारदेखि लोडसेडिङ अवधि आधा कटौती गर्ने भएको छ । अब लोडसेडिङ सातामा २१ घन्टा र औसतमा दैनिक चार घन्टा मात्र हुनेछ । यसअघि सातामा ४२ घन्टा र दैनिक सात घन्टा लोडसेडिङ थियो ।

 

प्राधिकरणले खोलामा पानीको सतह बढेपछि बिजुली उत्पादनमा सुधार भएको जनाउँदै लोडसेडिङ घटाउने निर्णय गरेको हो । बिजुली खपतमा केही कमी आएको र भारतबाट थप २५ मेगावाट आयात भएकाले लोडसेडिङ आधा घटेको हो । प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख शेरसिंह भाटका अनुसार तापक्रम बढेर हिउँ पग्लन सुरु भएपछि नदीमा पानीको सतह पनि बढेको छ । कुलेखानी पहिलो र दोस्रो (९२ मेगावाट) बाहेक सम्पूर्ण विद्युत् गृह बगिरहने पानीमा आधारित भएकाले नदीमा पानीको सतह बढ्दा बिजुली उत्पादन बढ्ने र घट्दा घट्ने हुन्छ ।

 

बिहान, दिउसो, अपराह्न र बेलुकी गरी चार पटक हुदै आएको लोडसेडिङ बेलुकीको बाहेक सातामा एक पटकमा सीमित भएको छ । साताको दुई दिन लोडसेडिङ हुने छैन । यसअघि एक दिन मात्र नहुने थियो । नयाव्यवस्थाअनुसार हरेक बिहान सातामा एक पटक ६ देखि १० बजेसम्म मात्र लोडसेडिङ हुनेछ । यसअघि ५ देखि ८, ५ देखि ९ र ६ देखि १० बजे लोडसेडिङ हुदै आएको थियो ।

 

साताको एक पटक दिउसो १० देखि २ बजेसम्म मात्र बिजुली आपूर्ति कटौती हुने जानकारी भाटले दिए । ९ देखि १२ बजेको लोडसेडिङ हटेको छ । प्राधिकरणले अपराह्नको लोडसेडिङ पनि घटाएको छ । नयातालिकाअनुसार सातामा २ देखि ६ बजेको मात्र कायम छ ।

 

सबैभन्दा बढी बिजुली खपत हुने बेलुकीको लोडसेडिङमा पनि हेरफेर गरेको छ । लोडसेडिङ नहुने दुई दिनबाहेक अरू दिनमा विभिन्न समयमा वर्गीकरण गरी लोडसेडिङ हुनेछ ।

 

बेलुकी छदेखि साढे आठ, साढे छदेखि नौ, छदेखि दस र सातदेखि साढे नौ बजेसम्म गरी भिन्नाभिन्नै समयमा लोडसेडिङ हुनेछ ।

 

उनका अनुसार यतिखेर पिकलोड ७०० देखि ७२० मेगावाटसम्म छ । भारतबाट पूर्ति, कुलेखानी पहिलो र दोस्रो, प्राधिकरणका अन्य गैरजलाशययुक्त विद्युतगृह समेत गरी करिब ४८० मेगावाट बिजुली उत्पादन भएको छ । 'माग र आपूर्तिअनुसार यतिखेर करिब २०० मेगावाट बराबरको लोडसेडिङ छ,' भाटले भने । प्राधिकरणका प्रमुख विद्युत्गृह १४४ मेगावाटको कालीगण्डकी '' बाट ९०, ६९ मेगावाटको मर्स्याङ्दीबाट ५५ र चिलिमेबाट २० मेगावाटै बिजुली उत्पादन भएको छ ।

More Headlines -:-

»  अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत
»  रात्रीकालिन रेष्टुरेण्ट व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
»  सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप
»  जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री
»  प्रधानमन्त्री दाहाल र बाउचरबीच भेटवार्ता
»  सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी
»  बाढी पहिरोबाट सुदुरपश्चिमको जनजीवन प्रभावित, २८ को मृत्यु
»  सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट
»  अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै
»  धादिङमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु, ३८ घाइते
 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com