Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
September 8th, 2008 |Make this home Page
Search -:-
    
May 1st, 2008

संविधानसभामा अपांग प्रतिनिधित्वको माग



अपांगहरुले संविधानसभा निर्वाचनमा प्रतिनिधित्वको माग गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो माग गरेका हुन् ।

अपांगहरुले संविधानसभा निर्वाचनमा प्रतिनिधित्वको माग गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो माग गरेका हुन् । पत्रकार सम्मेलनमा दलहरुले बन्दसूचीमा राखेका अपांगको उपेक्षा गरे कडा कदम चाल्ने चेतावनी समेत दिएका छन् ।

 

राष्ट्रिय अपांग महासंघ-नेपालका अध्यक्ष वीरेन्द्रराज पोखरेलले अपांगहरुलाई दोस्रो दर्जा सरहको व्यवहार गरिएको आरोप लगाउँदै उनीहरुको न्यायिक प्रतिधित्वबाटै समस्याको निकास निस्कने धारणा राख्नुभयो । पोखरेलले अपांगको आवाज सम्बोधन गर्न उनीहरुको प्रतिनिधित्व अनिवार्य भएको बताउँदै संविधानसभा मनोनित २६ जना सदस्यहरुमध्येबाट अपांगको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो ।

 

नेपाल नेत्रहीन संघका अध्यक्ष नरबहादुर लिम्बूले संविधानसभामा नेत्रहीनको प्रतिनिधित्व आवश्यक भएको बताउनुभयो । त्यस्तै नेकपा एमालेबाट समानुपातिकका नेत्रहीन उम्मेदवार कुमार थापाले  अपांगलाई देखाउनका लागि मात्र उम्मेदवार बनाउनु उचित नहुने  बतउँदै उचित नहुने अपांगहरुको न्यायिक प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रमका अन्य विभिन्न वक्ताहरुले पनि संविधानसभामा अपांगहरुको प्रतिनिधित्वमा जोड दिएका थिए ।  

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com