Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
July 24th, 2008 |Make this home Page
Search -:-
    
May 5th, 2008

धर्मेन्द्र झा पत्रकार महासंघको अध्यक्षमा निर्वाचित



पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २२ औं महाअधिवेशनले धर्मेन्द्र झाको नेतृत्वमा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २२ औं महाअधिवेशनले धर्मेन्द्र झाको नेतृत्वमा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ नेतृत्व चुन्नका लागि हिजो भएको निर्वाचनको अन्तिम परिणाम अनुसार धर्मेन्द्र झा अध्यक्षमा चुनिएका हुन् । झा अन्नपूर्ण पोस्टमा कार्यरत पत्रकार छन् ।

 झाले ३ सय ६४ मत प्राप्त गरी विजयी बन्नु भएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी शिव गाउँलेले ३ सय १६ मत प्राप्त गर्नुभएको थियो । अर्का प्रतिष्पर्धी निवर्तमान महासचिव महेन्द्र विष्टले २ सय ७९ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै महासंघको उपाध्यक्षमा गोविन्द आचार्य विजयी हुनु भएको छ। उहाँले ३ सय ४३ मत प्राप्त गर्नुभएको थियो भने निकटतम प्रतिद्वन्द्वी बलराम बाँनियाले ३ सय १३ मत प्राप्त गर्नुभएको थियो । महासचिवका लागि भएको प्रतिष्पर्धामा पोषण केसीले ३ सय १५ मत प्राप्त गरी विजयी हासिल गर्नु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी विनोद ढुंगेलले २ सय ८३ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी सचिवमा रामजी दाहाल ४ सय ६५ मतका साथ विजयी हुनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी पूर्ण बस्नेतले ३ सय १२ मत प्राप्त गर्नुभएको थियो । कोषाध्यक्षका लागि भएको प्रतिष्पर्धामा रमेश विष्ट ३ सय १२ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

विजयी अन्य केन्द्रीय सदस्यहरुमा उपत्यकाबाट उजीर मगर ११६, जगत नेपाल १८९ मतका साथ विजयी हुनु भएको छ भने पूर्वाञ्चलबाट शम्भु थापा ४५, किशोर कार्की ५९, मध्यमाञ्चलबाट शितल साह, प्रताप विष्ट, पश्चिमाञ्चल रविन्द्र बास्तोला, पुण्य पौडेल, मध्यपश्चिमाञ्चलबाट प्रेम केसी, जनक नेपाल, सुदूर पश्चिमबाट छत्र साउद र मनमोहन स्वांर विजयी हुनु भएको छ।

मधेशी तर्फबाट राजकुमार दिक्पाल ३५२, महिलाबाट यशोदा तिमल्सिना ३११, मधेशीबाट महेश दास र दलित कोटाबाट दिवाकर वागचन्द ४३१ मतका साथ विजयी हुनु भएको छ।

एसोसिएट्स तर्फ पनि नेपाल चलचित्र पत्रकार सङ्घका भरत शाक्य, नेपाल खेलकुद पत्रकार मञ्चका अजय फुयाल र एभरेस्ट प्रेस क्लबका शरदराज गौतम निर्वाचित हुनुभएको छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com