२५५२ औं बुद्ध जयन्तिको अबसरमा दक्षिण कोरियाको सियोलमा मे ४ तारिका दिन विविध कार्यक्रमको आयोजना गरिएको छ ।
२५५२ औं बुद्ध जयन्तिको अबसरमा दक्षिण कोरियाको सियोलमा मे ४ तारिका दिन विविध कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त कार्यक्रम सियोलको छोगेशा मन्दिरमा लोटश ल्यान्ट्रिन फेस्टिबल तथा टुन्डेमुन रंगशालामा बौद्ध सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । दक्षिण कोरियामा रहेका नेपाली संघ संस्थाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली समुदायको तर्फवाट मुस्ताङ परिवार र हिमालयल बौद्ध परिवारवाट नेपाली लामाहरुको उपस्थिति थिए । कार्यक्रममा नेपाल कोरिया साँस्कृति परिवारले साँस्कृतिक कार्यक्रमको प्रस्तुत गरेको थियो ।
उक्त कार्यक्रममा नेपाली राजदुतावास एनआरएनएनसिसि लगायत १५० नेपालीहरुको उपस्थिति रहेको नेपाल बौद्ध परिवारका अध्यक्ष नरेन्द्र गुरुङले वताउनु भयो । सो कार्यक्रमको आयोजन नेपाली कमिटिको तर्फवाट नेपाल बौद्ध परिवारले गरेको थियो । दक्षिण कोरियाको प्रसिद्ध छोगेका गुम्बाको मुख्य आयोजना गरिएको उक्त कार्यक्रममा कोरियाका सयौ बौद्ध गुम्वा तथा लाखौ कोरियाली व्यक्तिहरुको उपस्थिति थियो ।