Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
July 24th, 2008 |Make this home Page
Search -:-
    
May 8th, 2008

समानुपातिकतर्फबाट विजयी भएका अन्तिम नामावली घोषणा, बिजयीलाई प्रमाणपत्र



निर्वाचन आयोगले संविधान सभाका लागि समानुपातिकतर्फबाट विजयी भएका अन्तिम नामावली घोषणा गरेको छ ।

निर्वाचन आयोगले संविधान सभाका लागि समानुपातिकतर्फबाट विजयी भएका अन्तिम नामावली घोषणा गरेको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उक्त घोषणा गर्नुभएको हो ।

 

निर्वाचन आयोगले समानुपातिक प्रणालीबाट संविधानसभामा प्रतिनिधित्व गर्ने २५ राजनीतिक दलहरुलाई उनीहरुबाट संविधानसभासद बनेकाहरुको नाममा प्रमाणपत्र दिएको छ ।

 

समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको मतका आधारमा ३ सय ३५ सिट बाँडफाँड गरिएको छ । जसअनुसार माओवादीले एक सय, कांग्रेसले ७३, एमालेले ७०, मधेशी जनअधिकार फोरमले २२, तमलोपाले ११ सिट प्राप्त गरेका छन् ।  

 

निर्वाचन आयोगमा आयोजित समानुपातिक प्रणालीको अन्तिम नतिजा प्रकाशन कार्यक्रममा मधेशी जनअधिकार फोरमबाहेक सबै दलका प्रतिनिधि उपस्थित थिए । प्रमाणपत्र बुझ्न माओवादीबाट दिनानाथ शर्मा, कांग्रेसबाट शोभाकर पराजुली, एमालेबाट भीम रावलको नेतृत्वमा टोली पुगेको थियो ।

 

निर्वाचन आयोगले दिएको जानकारी अनुसार, प्रत्यक्ष र समानुपातिक गरी संविधानसभामा निर्वाचित ५ सय ७५ सदस्यमा मधेशीको ३४.०९, दलितको ८.१७, जनजातिको ३३.३९, पिछडिएको क्षेत्रको ३.८३, अन्यको ३३.९१ र महिलाको ३३.२२ प्रतिशत प्रतिनिधित्व रहेको छ । २६ संविधानसभासद सरकारले मनोनित गर्ने ब्यवस्था रहेको छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com