निर्वाचन आयोगले राष्ट्रप्रमुखको समेत रहनु भएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई आज चुनाव सम्पन्न भएको पत्र बुझाउदै संविधानसभा निर्वाचनको सम्पूर्ण कार्यक्रम सम्पन्न भएको घोषणा गरेको छ ।
निर्वाचन आयोगले राष्ट्रप्रमुखको समेत रहनु भएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई आज चुनाव सम्पन्न भएको पत्र बुझाउदै संविधानसभा निर्वाचनको सम्पूर्ण कार्यक्रम सम्पन्न भएको घोषणा गरेको छ ।
निर्वाचन आयोगको कार्यालयमा समानुपातिकतर्फबाट विजयी भएका अन्तिम नामावली घोषणा तथा प्रमाण पत्र वितरण गरेपछि प्रधानमन्त्रीनिवास बालुवाटार पुग्नुभएका प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलसहित आयोगका सदस्यले कार्यक्रम सम्पन्न भएको पत्र प्रधानमन्त्री कोइरालालाई बुझाएको हो ।
सो क्रममा प्रमूख निर्वाचन आयुक्त भोजराज पोख्रेलले संविधानसभा चुनाव जसरी पनि गर्ने प्रधानमन्त्रीको अठोटकै कारण निर्वाचन सफल भएको भन्दै प्रधानमन्त्री कोईरालालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहांले आयोगले कठिन परिस्थितिका बाबजुद चुनाव सफलतापूर्वक सम्पन्न गरेर इतिहास रचेको बताउनुभयो ।
पोखरेलले चुनाव सफल पार्न सहयोग पुर्याउने आम जनसमुदाय, राजनीतिक दल, सुरक्षाकर्मी तथा अन्तराष्ट्रिय समुदायप्रति धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री कोईरालाले संविधानसभाको चुनाव सफल बनाएकोमा आयोग तथा नेपाली जनतालाई धन्यवाद दिनु भयो।