Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
July 24th, 2008 |Make this home Page
Search -:-
    
May 9th, 2008

संविधानसभा बैठक जेष्ठ १२-१६ भित्र बोलाउने सहमति



संविधानसभा निर्वाचनपछि पहिलोपटक सात दलीय गठबन्धनको बैठक आज सम्पन्न भएको छ ।

संविधानसभा निर्वाचनपछि पहिलोपटक सात दलीय गठबन्धनको बैठक आज सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ दल सम्मिलित बैठकमा जेष्ठको १२ देखि १६ गतेभित्र संविधानसभा बैठक बोलाउने सहमति भएको छ । बैठकमा नेपाल सदभावना पार्टीको भने सहभागिता थिएन ।

 

सोही बैठकले संविधानसभा बैठकको प्रक्रिया र २६ जना मनोनित संविधानसभा सदस्यको टुंगो लगाउन एक कार्यदल गठन गरेको छ । कार्यदलमा नेकपा माओवादीबाट वरिष्ठ नेता डा.बाबुराम भट्टराई र केन्द्रीय सदस्य कृष्णबहादुर महरा,  कांग्रेसबाट उपसभापति रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, नेकपा एमालेबाट स्थायी कमिटि सदस्य झलनाथ खनाल र केन्द्रीय सदस्य भीम रावल, जनमोर्चा नेपालबाट लिलामणि पोखरेल र घनश्याम शर्मा, नेकपा मालेबाट सीपी मैनाली र नेमकिपाबाट प्रेम सुवाल छन् ।

 

बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राष्ट्रिय सहमतिबाट अघि बढ्ने नीति बनाउन जोड दिँदै सबैलाई समेटेर जानुपर्ने बताउनुभयो । उहाँले संविधानसभा बैठक जतिसक्दो छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

 

माओवादी अध्यक्ष प्रचण्डले नयां सरकार गठनबारे छलफल भएको बताउदै आफ्नो नेतृत्वमा संयुक्त सरकार बन्ने बताउनुभयो । उहांले सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको विकास गर्नेबारे छलफल केन्द्रित भएको जानकारी गराउनुभयो ।

 

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com