Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
July 24th, 2008 |Make this home Page
Search -:-
    
May 13th, 2008

यातायात व्यवसायीद्धारा पूर्वका चार अञ्चलमा यातायात बन्द



यातायात व्यवसायीले आव्हान गरेको चक्काजामका कारण पूर्वका चार अञ्चलको यातायात ठप्प भएको छ ।

यातायात व्यवसायीले आव्हान गरेको चक्काजामका कारण पूर्वका चार अञ्चलको यातायात  ठप्प भएको छ ।

 

विभिन्न दश सूत्रीय माग राख्दै यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात मजदुर संघ, ट्रक-ट्याङ्कर व्यवसायी महासंघलगायत आधा दर्जन संघ संगठन आवद्ध संयुक्त संघर्ष समितिले सोमबार विज्ञप्ति जारी गरी आजबाट पूर्वका मेची, कोशी, सगरमाथा र जनकपुरमा अनिश्चितकालीन चक्काजामको घोषणा गरेका हुन् ।

 

ऐनअनुसार कारबाही, साधन र मजदुरको सुरक्षा, क्षतिपुर्ति, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, भाडादर वृद्धि, सडक दुर्घटनाबारे निष्पक्ष छानविन, संविधानसभामा यातायातकर्मीहरुको सहभागितालगायत दश सूत्रीय माग व्यवसायीहरुले अघि सारेका छन् ।

 

चक्काजामका कारण मुख्य तथा सहायक मार्गहरुमा समेत यातायातका साधन चलेका छैनन् । राजधानीलगायत अन्य क्षेत्रबाट पूर्व हिंडेका लामो दूरीका सवारी साधनलाई भने उनीहरुले गन्तव्यमा पुग्न दिएका छन् ।

 

उनीहरुले सरकारले तत्काल मागबारे ठोस निर्णय नगरे आन्दोलन देशव्यापी बनाउने चेतावनीसमेत दिएका छन् । चक्काजामका कारण सहरी र ग्रामीण बजारमा चहलपहल समेत न्युन भएको छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com