Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
May 14th, 2008

प्रधानमन्त्री कोईरालाद्वारा सहमति र सहकार्यमा जोड



प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहमति र सहकार्यमा जोड दिनुहुँदै सहकार्य र सहमतिबाटै दीगो शान्ति स्थापित हुने बताउनुभएको छ ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहमति र सहकार्यमा जोड दिनुहुँदै सहकार्य र सहमतिबाटै दीगो शान्ति स्थापित हुने बताउनुभएको छ ।

आज कोरियाली अन्तराष्ट्रिय सहयोग नियोग (कोइका) को सहयोगमा निर्माण शुरु हुन लागेको सूचना तालिम केन्द्र भवनको शिलान्यास गर्नुहुदै प्रधानमन्त्री कोईरालाले आफू सधैं शान्तिप्रक्रियाको निरन्तरताको पक्षमा रहेको स्पष्ट पार्नुका साथै जारी शान्तिप्रक्रियामा कसैको सानो गलत कदमले असर पर्न सक्ने उल्लेख गर्नुभयो ।  

प्रधानमन्त्री कोइरालाले माओवादीप्रति लक्षित गर्दै देश संक्रमणकालमा रहेको र अति संवेदनशिल बेलामा बोल्दा देशको संवेदनशिलता बुझेर बोल्नुपर्ने बताउनुभयो । उहाँले संवेदनशिलता बुझेर नबोले जारी शान्तिप्रक्रिया बिथोलिन सक्ने चेतावनी समेत दिनुभयो ।

सो क्रममा उहाँले मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै सूचना र संचारको विकासमा सरकारले थप लगानी गर्ने बताउनुभयो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com