Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
May 17th, 2008

श्रेष्ठको हत्याको विरोधमा कोटेश्वर क्षेत्रमा प्रदर्शन



नेकपा माओवादीका कार्यकर्ताद्वारा राजधानीका व्यापारी रामहरि श्रेष्ठको हत्या गरिएको विरोधमा आज पनि कोटेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ ।

नेकपा माओवादीका कार्यकर्ताद्वारा राजधानीका व्यापारी रामहरि श्रेष्ठको हत्या गरिएको विरोधमा आज पनि कोटेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ । श्रेष्ठको परिवार र आफन्तले हत्याराको कारबाहीको माग गर्दै सो क्षेत्रमा सवारी साधन चल्न दिइएको छैन ।

उनीहरुले माओवादीविरुद्ध नारावाजी गरि रहेका छन् भने हत्याको पुष्टि भइसक्दा पनि सरकार मौन रहेको भन्दै तत्काल उचित कदम चाल्न दबाब दिएका छन् । माओवादी समर्थक श्रेष्ठलाई १७ लाख रुपैयाँ रकम र पेस्तोल चोरेको आरोप लगाउदै वैशाख १५ गते कोटेश्वरस्थित निवासबाटै छानबीनका लागि भनि अपहरण गरिएको थियो ।

चितवनस्थित जनमुक्ति सेनाको अस्थायी शिविरमा पुर्‌याइएकोमा छानबिनका क्रममा कुटपिटबाट श्रेष्ठको मृत्यु भएको माओवादी स्वयंले पुष्टी गरिसकेका छन् । माओवादीले उनको कुटपिटका क्रममा निधन भएको खबर जेष्ठ २ गते मात्र परिवारलाई जानकारी गराएका थिए । 

माओवादीले हत्यामा संलग्न भएकालाई प्रहरी समक्ष बुझाएका छन् । उनीहरुले श्रेष्ठको हत्या गरी शव नारायणी नदीमा फालिएको बयान दिएको प्रहरीले जनाएको छ । 

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com