Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
May 18th, 2008

श्रेष्ठको हत्याप्रति माओवादीद्वारा दुःख व्यक्त



माओवादी नेतृत्वले आफ्ना कार्यकर्ताद्वारा रेष्टुरेन्ट व्यवसायी रामहरि श्रेष्ठको हत्या गरिएपछि विरोध प्रदर्शन हुनथालेपछि घटनाबारे छानविन गरी दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेको

माओवादी नेतृत्वले आफ्ना कार्यकर्ताद्वारा रेष्टुरेन्ट व्यवसायी रामहरि श्रेष्ठको हत्या गरिएपछि विरोध प्रदर्शन हुनथालेपछि घटनाबारे छानविन गरी दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

 

आज माओवादी अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिमा श्रेष्ठको हत्याको रहस्यपूर्ण घटनाप्रति  माओवादीले दुःख प्रकट गर्दै पार्टीमा घुसेर बसेका केही स्वार्थी तत्वहरुको षड्यन्त्रद्वारा उनको मृत्यु हुन गएको तथ्यले स्तब्ध पारेको र  घटनाक्रमको जानकारी प्राप्त हुने बित्तिकै पार्टीका तर्फबाट समग्र स्थितिको अनुसन्धान र दोषी उपर कानुनी कार्यवाहीको प्रक्रिया अगाडि बढाइएको बताईएको छ ।

 

विज्ञप्तिमा संस्थागतरुपले पार्टी र जन सेनाको कुनै सम्बन्ध नरहेको यो अपराधिक घटनाको सम्पूर्ण सत्य तथ्य बाहिर ल्याउने गरि अनुसन्धान गर्ने प्रतिबद्धता सहित पार्टीले यस कार्यमा प्रहरी प्रशासनलाई सहयोग गरिरहेको जनाएको छ । साथै मृतक रामहरि श्रेष्ठका शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दै अनुसन्धान, राहत र क्षेतिपूर्तिका सबै विषयमा बसेर छलफल गर्न पार्टी तयार रहेको कुरा पनि स्पष्ट गरेको छ ।  

 

माओवादी समर्थक श्रेष्ठलाई रकम र पेस्तोल चोरेको आरोप लगाउदै वैशाख १५ गते कोटेश्वरस्थित निवासबाटै अपहरण गरिएको थियो । चितवनको शक्तिखोरस्थित माओवादी छापामारको अस्थायी शिविरमा लगिएका उनको कुटपिटका क्रममा निधन भएको पुष्टि माओवादी स्वयंले गरेको छ । वैशाख २८ गते उनको हत्या गरी शव नारायणी नदीमा फालिएको बताइएको छ । माओवादी छापामारका कमाण्डर विविधको नेतृत्वको टोलीले १७ लाख रुपियाँ र पेस्तोल चोरेको आरोप लगाइएको थियो ।

 

विज्ञप्तिमा घटनालाई अत्यन्त गम्भीर रुपले लिदै अनुसन्धान र कार्यवाहीको प्रक्रिया अगाडि बढि सकेको यो स्थितिमा अनावश्यक राजनैतिक रंग दिएर देशको सम्बेदनशिल घडिमा "धमिलो पानीमा माछा मार्ने" षड्यन्त्र कतै बाट हुन नदिन मृतकका परिवारजन र समर्थकहरुसँग सतर्क रहन समेत हार्दिक आग्रह गरिएको छ ।

 

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com