Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
May 19th, 2008

आपूर्तिमन्त्री गुप्ताका साथ आनन्दीदवीद्धारा प्रधानमन्त्रीलाई भेट



केहि दिनदेखि अपहरणमा परेको भनिएको नेपाल सदभावना पार्टीकी अध्यक्ष आनन्दीदेवी सिंह आज सार्वजनिक हुनुभएको छ ।

केहि दिनदेखि अपहरणमा परेको भनिएको नेपाल सदभावना पार्टीकी अध्यक्ष आनन्दीदेवी सिंह आज सार्वजनिक हुनुभएको छ ।

अपहरण गरिएको आरोप लागेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्ताका साथमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट्न आनन्देदवी प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नुभएको थियो । भेटमा आनन्दीदेवीले आफूलाई पार्टीका नेताहरु खुशीलाल मण्डल, नेतृ सरिता गिरी, टीके झाका लगायतले अपहरण गर्न खोजेको आरोप लगाउनुभयो ।

उहाँले आफू उपचारका लागि पटना पुगेको समेत स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्रीसमक्ष काठमाडौंमा रहदा सुरक्षा आवश्यक परेको बताउनुभएको थियो । प्रधानमन्त्री कोईरालाले सुरक्षाकर्मी पठाएर सुरक्षा दिने बताउनुभएको बालुवाटार स्रोतले बताएको छ ।

यसअघि सद्‌भावना आनन्दीदेवीका खुशिलाल मण्डल समूहले अध्यक्ष आनन्दीदेवीलाई मन्त्री गुप्ताले अपहरण गरेको भन्दै गुप्तालाई बर्खास्त गर्न तथा आनन्दीदेवीलाई तत्काल सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्री निवासमा धर्ना समेत दिएका थिए भने मन्त्री गुप्ताले सो आरोपको खण्डन गरेका थिए । पछिल्लो पटक आनन्दीदेवी आफैले पट्नामा पत्रकार सम्मेलन गरी आफू कसैको अपहरणमा नपरेको भन्दै उपचारको क्रममा पटना पुगेको स्पष्ट पार्नुभएको थियो ।  

संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ कुनै सीट नजितेका उक्त पार्टीले समानुपातिकतर्फबाट जितेका दुईजना सभासदको नाम पठाउनेबारे दुई समूहबीच विवाद बढेका थिए । सोही समयमा अध्यक्ष आनन्दीदेवी सिंहलाई अपहरण गरिएको भन्दै दुबै पक्षबीच आरोप प्रत्यारोप चलेको थियो ।  

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com