संविधान सभाका लागि बिभिन्न राजनैतिक दलहरुबाट प्रत्यक्ष र समानुपातिकबाट हिमाली क्षेत्रबाट विजयी सभासदहरुलाई
छिरिङ तेन्जिङ् शेर्पा
संविधान सभाका लागि बिभिन्न राजनैतिक दलहरुबाट प्रत्यक्ष र समानुपातिकबाट हिमाली क्षेत्रबाट विजयी सभासदहरुलाई शेर्पा सेवा केन्द्र बौद्ध टुसालमा एक औपचारिक कार्यक्रमका बिच बधाई तथा शुभ-कामना दिएका छन् ।
हिमाली आदीबासी लोकतन्त्रिक गणतन्त्रिक संयुक्त सङ्घर्ष समिति,हिमाली लोकतन्त्रिक गणतन्त्रिक नागरिक मन्च र हिमाली अवाजद्वारा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि गोम्पा बिकासका अद्ध्यक्ष श्री खेन्पो ङावाङ्ग् वोसेर लामा हुनुहुन्थ्यो। नागरिक मन्चका अध्यक्ष श्री वाङ्छे शेर्पाको सभापतित्वमा भएको सो कार्यक्रममा दर्जनौ हिमाली सभासदहरुले अतिथ्य आसन ग्रहण गर्नु भएको थियो ।
सभासदहरुलाई कपिल घले मनाङ्, युवराज लामा योल्मो र बिश्व थकालिद्वारा खाता लगाई स्वागत गर्नु भएको थियो। प्रमुख अतिथि खेन्पो ङावाङ् वोसेर ज्युबाट छ्योमिन् प्रज्वलन गरे पछि 'शान्तिको अवाज टि भी' कार्यक्रमका सन्चालक आचार्य कर्मा साङ्पो द्वारा मङलोचरणको पाठ संगै कार्यक्रम शुरु भएको थियो । मन्चका उपाध्यक्ष श्री नोर्भु घले डोल्पोले स्वागत मन्तब्य दिंदै मन्चको कार्यक्षेत्र बारे छोटकरिमा जानकारी गराए । नेपालको पुर्व ताप्लेजुङ्देखि सुदुर पुर्वको दार्चुला जिल्ला सम्म नेपालको हिमाली जिल्लाहरुमा छरिएर रहेको हिमाली भोटेजातीहरु भाषिक, साँस्कृतिक,धार्मिक, भौगोलिक र जीवनशैलीको अधारमा समान रहेको र राज्यले यी जातीहरु प्रति बिखण्डन गर्ने उद्देश्यले विगतमा प्रशासनिक कामकाजमा नामहरु दर्ता गर्दा लापरवाहि र षडयन्त्रपूर्वक बिभिन्न जात जातिहरुमा बिभाजन गरेको कारणले र रज्यको बिखण्डन्कारी अबैज्ञानिक ठाडो भौगोलिक क्षेत्रीय बिभाजनले झन टढा पारिदिएको बताउनु हुँदै जनताको बिगतदेखिको माग अनुसारको सङ्घीय सरकारमा हिमाली आदिबासीहरु पनि एक जुट भएर ऐतिहासिक पृष्ठभूमि तथ्य र अधारहरुमा हिमाली स्वायत्त प्रदेश माग गर्नु अत्ति जायज भएको बताउनु भयो । सङ्घर्ष समितिको तर्फबाट श्री क्रिपासुर शेर्पाले हिमाली स्वायत्तको माग सम्बन्धि स्पस्ट पार्नु भएको थियो भने अतिथिहरुद्वारा बक्तब्य दिनेहरुमा क्रमश: केशब बराल, लक्की शेर्पा, डम्बर ब खडका, बाल कृष्ण ढुङ्गेल, आङ दावा शेर्पा, पासाङ् शेर्पा , ने का पासाङ् शेर्पा, प्रेम तामाङ माओबादी -रसुवा, वरिस्ठ शैन्यबिद डा इन्द्रजित राई (माओबादी) लक्ष्मी गुरुङ - रामेछाप, छिमी लामा-मुगुले अ-आफ्नो मन्तब्य दिनु भएको थियो । मन्तब्यकै क्रममा नेकाका जीप छिरिङ लामा शेर्पाले राज्यले हिमाली बासीको मागलाई बेवास्त गरेमा बिगतमा तराईको उदाहरण दिंदै सम्बन्धित पार्टिहरुबाट नै सामुहिक बिद्रोह गरि आफनै नयाँ राजनैतिक पार्टी खडा गर्नुमा पछि पर्नु हुँदैन भनि चर्को स्वरमा बताउनु भयो ।
प्रमुख अतिथिको मन्तब्य पछि मन्चका सदस्य ङिमा तुन्डु शेर्पाले बोल्नु भएको थियो भने सभापति श्री वाङ्छे शेर्पाले सहभागि सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो ।