Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
May 27th, 2008

राजधानीका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी



जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आजदेखि राजधानीका केहि स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आजदेखि राजधानीका केहि स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ । 

 

निषेधाज्ञा जारी गरिएका स्थानहरुमा संविधानसभाको बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सिंहदरवार, नारायणहिटी दरबार, प्रधानमन्त्री निवास बालुवाटार र राजा ज्ञानेन्द्रको निजी निवास निर्मल निवासलगायत रहेका छन् ।

 

निषेधाज्ञा जारी गरिएका स्थानहरुमा कुनैपनि किसिमको नारा, जुलुस, आमसभा, विरोध, धर्ना, दबाब दिने लगायतका कार्य सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ । साथै उक्त क्षेत्रमा खुल्ला ठेला गाडा, चियाखाजा, तरकारी पसल सञ्चालन गर्न तथा सवारी साधन पार्किङ् गर्न समेत निषेध गरिएको छ ।

 

निषेधाज्ञा उल्लंघन गर्ने जोकोहीलाई कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । उक्त क्षेत्रहरुमा अर्को आदेश नआएसम्म निषेधाज्ञा जारी रहने जनाएको छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com