Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
May 27th, 2008

जेष्ठ सभासद कुलबहादुर गुरुङले सभासदहरुलाई सपथ गराए



मंगलबार संविधानसभामा निर्वाचित ५६७ जना सभासदले सपथ लिएका छन् ।

मंगलबार संविधानसभामा निर्वाचित ५६७ जना सभासदले सपथ लिएका छन् । नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सभासदहरुलाई जेष्ठ सभासदका रुपमा कुलबहादुर गुरुङले सपथ गराएका थिए ।

गुरुङले पहिले आफै सपथ लिएपछि अरु सभासदलाई सपथ गराएका थिए । जेष्ठ सदस्यका रुपमा गिरिजाप्रसाद कोइरालाले सपथ गराउनुपर्नेमा उनी प्रधानमन्त्री रहेकाले गुरुङले सपथ गराएका हुन् ।

महोत्तरीबाट विजयी भएका शरदसिंह भण्डारी र सिन्धुलीबाट विजयी विषमलाल दनुवारले भने सपथ लिन पाएनन् । उनीहरुमाथि संविधानसभा अदालतले मुद्दा चलाइरहेकाले उनीहरुलाई सपथ लिनबाट रोक लगाइएको छ । मन्त्रिपरिषदले मनोनयन गर्ने २६ जनाको पनि हालसम्म टुंगो लाग्न सकेको छैन ।

यस्तै सभासदहरुले पहिलोपटक आफ्नै भाषामा सपथ लिएका छन् । विभिन्न ४० भाषामा संविधानसभा सदस्यले सपथ लिएका थिए ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com