Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
May 28th, 2008

पहिलो बैठक अझै बस्न सकेन



दलहरुबिच राष्ट्रपतिको कार्यक्षेत्रबारे सहमति हुन नसक्दा संविधानसभाको पहिलो बैठक अनिश्चित बनेको छ ।

दलहरुबिच राष्ट्रपतिको कार्यक्षेत्रबारे सहमति हुन नसक्दा संविधानसभाको पहिलो बैठक अनिश्चित बनेको छ ।

 

आज बिहान ११ बजे सुरु हुने भनिएको पहिलो बैठक बालुवाटारमा दलहरुबिच छलफल जारी रहेकाले ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर अहिलेसम्म वालुवाटारमा सहमतिको कुनै संकेत देखिएको छैन । सिङ्गो मुलुक गणतन्त्र घोषणाको प्रतिक्षा गरिरहेको बेला बैठकमा सहभागी नेताहरु भने चिया खाँदै आराम गरिरहेको बुझिएको छ ।

 

विशेष गरी राष्ट्रपतिको कार्यक्षेत्रका विषयमा एमाले, कांग्रेस लगायतका दलहरु र माओवादीबिच विवाद देखिएको हो । अन्य दलले राष्ट्रपति र प्रधानमन्त्रीमा शक्ति बाँडफाँड गर्नुपर्ने प्रस्ताव गरे पनि माओवादीले दुईवटा शक्ति बाँडफाँड गर्न नहुने अडान लिएका छन् ।

 

यता संविधानसभा बैठकस्थल विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भने सबै दलका सभासद, आमन्त्रित सदस्यहरु, कुट्नीतिक नियोगका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको छ । सबै वालुवाटारमा भईरहेको छलफलको निष्कर्ष पर्खिरहेका छन् ।

 

बैठकस्थल वरपर लगायत राजधानीका विभिन्न स्थानहरुमा सर्वसाधारण, विभिन्न संघ संस्था तथा राजनीतिक पार्टीसँग सम्बद्ध समूहहरु छिटो गणतन्त्र घोषणाको माग गर्दै नारा, जुलुस गरिरहेका छन् ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com