Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
May 30th, 2008

सरकार गठन पहिले २६ जना मनोनित गर्न सुझाव



संविधान निर्माताहरुले २६ जनाको मनोनयन नगरी सरकार गठन नगर्न दलहरुलाई सुझाव दिएका छन् ।

संविधान निर्माताहरुले २६ जनाको मनोनयन नगरी सरकार गठन नगर्न दलहरुलाई सुझाव दिएका छन् ।

 

आज राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले मन्त्री परिषद्‌बाट २६ जना सभासदको मनोनयन नगरी संविधानसभाको पहिलो वैठक बसेर बिरोधीहरुलाई फाइदाको ठाउँ छाडेको बताउँदै सरकार गठन गरेर पुन: गल्ती नदोहोर्‌याउन सुझाव दिएका हुन् ।

 

कार्यक्रममा बोल्दै संविधान निर्माता निलम्बर आचार्यले २६ जनाको मनोनयन नगरी सरकार गठन गरे अर्को गल्ती दोहोरिनेतर्फ सचेत गराउनुभयो । उहाँले माओवादीले शक्ति केन्द्र एक ठाउँमा हुनुपर्दछ भन्नु डरलाग्दो विषय भएको भन्दै एकलौटी सरकार गठन गर्ने अधिकार कसैलाई नभएको बताउनु भयो ।  

 

माओवादी सभासद खिमलाल देवकोटाले माओवादीले देश र जनताको लागि आवश्यक परेमा राष्ट्रपति र प्रधानमन्त्री दुबै त्याग गरेर कांग्रेस एमाले लाई नै सरकार चलाउन दिने बताउनुभयो । देवकोटाले त्यस्तो अवस्थामा पनि सरकार बाहिरै रहेर माओवादीले संविधान निर्माणमा सहयोग गर्ने उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा संविधानविद भिमार्जुन आचार्य, बार एसोसीयनका अध्यक्ष विश्वकान्त मैनाली, बारका पूर्व अध्यक्ष हरिहर दाहाललगायतको सहभागिता रहेको थियो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com