Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
June 23rd, 2008

एसएलसी नतिजा सार्वजनिक, हालसम्मकै सबै भन्दा बढि ६३.७३ प्रतिशत उत्तीर्ण



परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा लिएको एसएलसी परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा लिएको एसएलसी परिक्षाको नतिजा सार्वजनिक गरेको छ । आइतबार साँझ आठ बजे परीक्षाफल प्रकाशन गरेको हो ।

 

यस वर्ष अहिले सम्मकै सबै भन्दा बढि नियमिततर्फ ६३.७३ र एक्जाम्टेडतर्फ ३२.२४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ १ लाख ९५ हजार ६ सय ८९ र एक्जाम्टेडतर्फ १९ हजार ३ सय ३५ गरि जम्मा २ लाख १५ हजार २४ परीक्षार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण मध्ये नियमिततर्फ छात्र ६८ प्रतिशत र छात्रा ५९ प्रतिशत छन् ।

 

नियमिततर्फ उत्तीर्ण मध्ये विशिष्ट श्रेणीमा ९ हजार ८ सय ८२ जना, प्रथम श्रेणीमा ७४ हजार ७ सय ७,  दोस्रो श्रेणीमा १ लाख ५ हजार ५ सय ९२ र तृतीय श्रेणीमा ५ हजार ५ सय ८ छन् । एक्जाम्टेडतर्फ भने प्रथम श्रेणीमा ६ सय ३५, दोस्रोमा १५ हजार ७ सय ९३ र २ हजार ९ सय ७ जना तेस्रो श्रेणीमा उत्तीर्ण भएका छन् ।

 

जन्ममिति नमिलेकालगायत प्राविधिक त्रुटिले १ हजार ४ सय ७७ परीक्षार्थी 'विथहेल्ड' मा परेका छन् । चैत ४ देखि १४ गतेसम्म भएको परीक्षामा ३ लाख ६७ हजार ४१ जना विद्यार्थी एसएलसी परिक्षामा सामेल भएका थिए । यस पटक कक्षा १० को पाठ्यपुस्तकबाट मात्र प्रश्न सोधिएकाले उत्तीर्ण प्रतिशत बढेको परीक्षा नियन्त्रक हर्कप्रसाद श्रेष्ठले बताए ।

 

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com