शेर्पा राष्ट्रिय मुक्ति मोर्चा' नेपालद्वारा संविधान सभामा शेर्पा जातिहरुको जातिय स्वशासन र
शेर्पा राष्ट्रिय मुक्ति मोर्चा' नेपालद्वारा संविधान सभामा शेर्पा जातिहरुको जातिय स्वशासन र आत्मनिर्णयको अग्राधिकार सहित स्वायत्त राज्य स्थापनार्थ तीन दिने नमुना संविधान निर्माण गोष्ठी शुरु गरिएको छ।
बिहिबार बौद्धस्थित रुथान गेष्ट हाउसमा मोर्चाको केन्द्रिय सल्लाहकार श्री सोनाम शेर्पाको सभापतित्वमा शुरु भएको सो सभाको प्रमुख अतिथि सोलुखुम्बु जिल्लाबाट संविधान सभा सदस्यमा विजयी उम्मेद्धार गोपाल किराँती हुनुहुन्थ्यो भने अतिथिहरुमा सोलुखुम्बुकै माओवादीबाट समानुपातिकमा बिजयि उम्मेद्वार श्रीमति आङ्ग् दावा शेर्पा लगायत दर्जनौ सङ्घ् सँस्थाको प्रतिनिधि लगायत बुद्धिजीवी, नागरिक मन्चका प्रतिनिधिहरुको आसन ग्रहण रहेको थियो ।
कार्यक्रमको उदघाटन सँगै मोर्चाको केन्द्रिय उपाध्यक्ष श्री बाबु शेर्पाले स्वागत भाषण दिनु हुँदै शेर्पा स्वायत्त सम्बन्धि महत्वको बारेमा प्रकाश पार्नु भएको थियो भने अतिथिहरुद्वारा क्रमिक रुपमा बक्तब्य दिएका थिए। बक्तब्यको क्रम्मा धेरै जसो वक्ताहरुले सोलुखुम्बु जिल्लाको दुधकोशि पुर्व, दोलखा जिल्लाको तामाकोशि पश्चिम,
तिब्बतको सिमाना उत्तर र ओखलढुङ्गको उत्तर भाग हुँदै रामेछापको ठोसे हुदै दोलखा जिरि दक्षिण किल्लाभित्रको भुभागलाई शेर्पा स्वायत्त प्रदेश घोषणा गर्नु पर्ने बताए भने अधिकांश बक्ताहरुले नेपालको उत्तरी भुभागमा बसोबास गर्ने पुर्व ताप्लेजुङदेखि पश्चिम दार्चुला सम्मको १५ लाख जनसंख्याहरुको भाषा, धर्म,लिपि संस्कृति, रहनसहन सबै मिल्दोझुल्दो हुँदा हुँदै बिगतका सामन्तीवादी राज्य सत्ताले अबैज्ञानिक ठाडो सीमांकन र बिभिन्न जातिहरुमा बिभाजन गरेकोले हिमालीबासीहरुमा बिभिन्न क्षेत्र र जातहरुमा बिभाजन भएको उदाहरण दिँदै सम्पुर्ण हिमाली जातीहरुको जातिय र ऐतिहाँसिक पृष्ठभूमिको आधारमा हिमाली स्वायत्त राज्य हुनु पर्ने जिकिर गरे।
प्रमुख अतिथिको आसन बाट बोल्नु हुँदै सभासद गोपाल किराँतीले सोलुखुम्बु शेर्पाहरुको आदिथलो भएको उदाहरण दिंदै यो तीन दिने नमुना सम्बिधानमा के कस्तो छलफल, निर्णय र निचोडहरु निक्लन्छ त्यसैको आधारमा संविधान सभामा प्रस्तावहरु राख्ने बताउनु भयो।