Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 22nd, 2008 |Make this home Page
Search -:-
    
June 27th, 2008

प्रधानमन्त्रीको राजिनामा पछि नयाँ सरकार गठनको गृहकार्य सुरु



प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पदबाट राजिनामा दिनुभएपछि माओवादी लगायत प्रमूख दलहरु नयाँ सरकार गठनको गृहकार्यमा लागेका छन् ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पदबाट राजिनामा दिनुभएपछि माओवादी लगायत प्रमूख दलहरु नयाँ सरकार गठनको गृहकार्यमा लागेका छन् । दलहरुले शुक्रबार बिहानै देखि छलफल तिव्र बनाएका छन् ।

दलहरुले आन्तरिक, दुक्षपक्षिय र त्रिपक्षिय छलफल गर्ने भएका छन् । नेकपा माओवादीले आज नेकपा एमाले लगायत अरुदलहरुसंग छलफल गर्दैछ । नेकपा माओवादी र नेकपा एमालेका शीर्ष नेतृत्वबीच राजनीतिक निकासका विषयमा माओवादी संसदीय कार्यालय सिंहदरबारमा छलफल भइरहेको छ ।

दुवै पार्टीका नेताबीच भोलि बस्ने संसद बैठक सहज सञ्चालन र मधेशवादी दलहरूका मागबारे छलफल भइरहेको बताइएको छ । नयां सरकारको गठन र मधेसवादी दलहरुले संसदको बैठकमा उठाएको मागका विषयमा छलफल हुनेछ ।

त्यस्तै नेकपा एमाले केन्द्रीय कमिटी र स्थायी समितिको छुट्टाछुट्टै बैठक बस्दैछ । त्यस्तै नेपाली कांग्रेस संसदीय दलको वैठक पनि आज बस्दैछ । अहिले बिहान ९ बजे संसदीय दलको कार्यालयमा बस्ने बैठकमा अबको राजनितिक प्रक्रिया र मधेसवादी दलहरुले उठाएका मागका विषयमा छलफल हुने छ ।

 

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com