Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
October 7th, 2008 |Make this home Page
Search -:-
    
July 17th, 2008

राष्ट्रपतिका लागि रामराजा, रामवरण र रामप्रित



लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा तीन र उपराष्ट्रपतिमा चार जनाले उम्मेदवारी दिएका छन् ।

लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा तीन र उपराष्ट्रपतिमा चार जनाले उम्मेदवारी दिएका छन् । सहमति नभएपछि माओवादी, कांग्रेस र एमालेले दुवै पदमा आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रपतिको निर्वाचन संविधानसभा भवनमा शनिबार हुँदैछ ।

 

माओवादीले नवजनवादी मोर्चाका अध्यक्ष रामराजाप्रसाद सिंह, कांग्रेसले पार्टी महामन्त्री रामवरण यादव, एमालेले राष्ट्रियसभाका पूर्वउपाध्यक्ष रामप्रीत पासवानलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । त्यस्तै उपराष्ट्रपति पदमा माओवादीले शान्ता श्रेष्ठ, कांग्रेसले मानबहादुर विश्वकर्मा, एमालेले अष्टलक्ष्मी शाक्य (बोहरा) र फोरमले  परमानन्द झालाई उठाएका छन् । मधेशी दलले भने रामराजा प्रसाद सिंहलाई समर्थन गर्ने भएको छ ।

 

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको कार्यक्रमअनुसार बिहीबार उम्मेदवारी दर्ता गराउने अन्तिम दिन हो । उम्मेदवार विरुद्धको दाबी, विरोध र नाम फिर्ता लिने समय सकिएपछि बिहीबार साझ उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ । शनिबार बिहान ११ देखि अपराह्न २ बजेसम्म मतदान  हुने कार्यक्रम छ ।

 

यसैगरी माओवादीले शान्ता श्रेष्ठ, कांग्रेसले मानबहादुर विश्वकर्मा, एमालेले अष्टलक्ष्मी शाक्य र मधेशवादी दलले परमानन्द झालाई उपराष्ट्रपतिका उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ ।

More Headlines -:-

»  अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत
»  रात्रीकालिन रेष्टुरेण्ट व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
»  सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप
»  जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री
»  प्रधानमन्त्री दाहाल र बाउचरबीच भेटवार्ता
»  सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी
»  बाढी पहिरोबाट सुदुरपश्चिमको जनजीवन प्रभावित, २८ को मृत्यु
»  सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट
»  अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै
»  धादिङमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु, ३८ घाइते
 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com