Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
September 8th, 2008 |Make this home Page
Search -:-
    
July 21st, 2008

राष्ट्रपतिका लागि मतदान सम्पन्न, ५९० सभासदद्धारा मतदान



गणतन्त्र नेपालको पहिलो राष्ट्रपति चयनका लागि आज पुन: मतदान सम्पन्न भएको छ ।
गणतन्त्र नेपालको पहिलो राष्ट्रपति चयनका लागि आज पुन: मतदान सम्पन्न भएको छ । 

यसअघि अस्ति शनिबार भएको मतदानमा दुवै पक्ष स्पष्ट बहुमत ल्याउन असफल भएपछि आज फेरी मतदान भएको हो । राष्ट्रपतिमा डाक्टर रामबरण यादव र राजराजाप्रसाद सिंह मैदानमा छन् ।

आज मतदानका लागि  विहान ८ बजेदेखि ११ बजेसम्म समय तोकिएको थियो । आज कुल ५९४ मत मध्ये ५९० मत खसेको छ ।  राप्रपा नेपालका ४ जना सभासदले भने मतदान गरेनन् ।

 स्पष्ट बहुमतका लागि २ सय ९८ मत आबश्यक पर्नेछ । यसअघि अस्ती शनिवार भएको मतदानमा कांग्रेसका उम्मेद्वार डाक्टर यादवले २ सय ८३ र माओवादीका तर्फबाट उम्मेद्वार सिंहले २ सय ७० मत ल्याउनु भएको थियो ।

मतदानको अन्तिम परिणाम आज ४ बजेको संविधानसभा बैठकमा घोषणा गरिने जनाएको छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com