Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 21st, 2008 |Make this home Page
Search -:-
    
August 6th, 2008

सहमति कार्यन्वयन गर्न प्रचण्डको निर्देशन



माओवादी अध्यक्ष प्रचण्डले आज एक विज्ञप्ती जारी गरी विगतमा गरिएका सहमति पूर्ण रुपमा कार्यन्वयन गर्न पार्टीका सम्पूर्ण पंक्तिलाई निर्देशन दिएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले विगतका सहमति कार्यान्वयनका लागि आफ्नै पार्टीभित्रका विभिन्न तहलाई निर्देशन दिनुभएको छ ।

माओवादीले विगतका सहमति कार्यान्वयन नगरेको भन्ने अन्य दलहरुको आरोप लागिरहेको बेला सरकार गठनका लागि तम्तयार माओवादी अध्यक्ष  दाहालबाट यस्तो निर्देशन आएको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा आज एक विज्ञप्ती जारी गरी  विगतका सहमतिहरु मुख्य गरी सात बुँदे सहमति कार्यान्वयनका लागि अझ प्रभावकारी पहल गर्न राज्यसँग जोडदार माग गर्दै आफ्नो हिस्साको सहमति, वाइसिएलको अर्ध फौजी कार्यशैली र क्रियाकलाप नियन्त्रण गर्ने, द्वन्दका समयमा नियन्त्रणमा लिइएका नीजि तथा सरकारी घर जग्गा फिर्ता गर्ने सम्बन्धी सहमति कार्यान्वयन गर्न सिङ्गो पार्टीं पंक्ति, वाइसिएल पंक्ति, जनवर्गिय संगठन, मोर्चा र विभाग सबैलाई निर्देशन गर्नुका साथै सहयोगको लागि आम जनसमुदायसँग अपिल गर्दछ भनिएको छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com