Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 21st, 2008 |Make this home Page
Search -:-
    
August 11th, 2008

रक्षा, गृह र अर्थमध्ये एउटा छाड्न माओवादी तयार



नेकपा माओवादीका अध्यक्ष प्रचण्डले रक्षा, गृह र अर्थ मन्त्रालयमध्ये एउटा मात्र मन्त्रालय

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले रक्षा, गृह र अर्थ मन्त्रालयमध्ये एउटा मात्र मन्त्रालय अन्य दललाई छाड्ने बताएका छन् । २६ साउनमा शान्ति तथा पुनः निर्माणमन्त्रालयमा नेपाली कांग्रेसको नेतृत्वसंगको छलफलपछि उनले उक्त कुरा बताएका हुन् ।

 

'कांग्रेसले रक्षा पाउनुपर्ने दाबी गरेको छ,' प्रचण्डले संचारकर्मीसंग भने,'हामीले रक्षा, गृह र अर्थमध्ये एउटा मात्र मन्त्रालय छाड्छौं भन्यौं ।' आफूहरुले राष्ट्रिय सहमतिको सरकार गठनका लागि हदैसम्म लचकता अपनाएको बताए । उनले सहमतिको सरकार निर्माणका लागि अन्य दललाई सम्मानजनक स्थान दिन तयार रहेको समेत बताए ।

 

कांग्रेस माओवादी नेतृत्वमा सरकार गठन हुनुपर्नेमा सकारात्मक रहेको प्रचण्डको भनाई थियो । तर रक्षा मन्त्रालयको दाबी नछाडेकाले समस्या बांकी रहेको बताए ।

 

बैठकमा प्रचण्डले माओवादी टोलीको नेतृत्व गरेका थिए भने कांग्रेसबाट उपसभापति रामचन्द्र पौडेल सहभागी थिए ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com