Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 21st, 2008 |Make this home Page
Search -:-
    
August 18th, 2008

प्रधानमन्त्री दाहालद्धारा सपथ ग्रहण



नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले पद तथा गोपनीयताको सपथ लिनु भएको छ । आज राष्ट्रपति डा.रामवरण यादवले शितलनिवासस्थित राष्ट्रपति भवनमा उहाँलाई सपथ गराउनु भएको हो।

 

व्यवस्थापिका संसदको समेत भूमिका निभाइरहेको संविधानसभाबाट निर्वाचित नेकपा माओवादीका अध्यक्ष समेत रहनुभएका प्रचण्डलाई नेकपा एमाले र मधेशी जनाधिकार फोरमले समर्थन गरेका थिए ।

 

सपथ सामारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानन्यायाधीश केदारप्रसाद गिरी, संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङ, नेपाल सरकारका सचिव, प्रधानसेनापति रुक्माङ्गत कटवाल, नेपाल प्रहरीका प्रमुख ओमविक्रम राणा, सशस्त्र प्रहरी प्रमुख वासुदेव ओलीलगायत उपस्थित थिए । नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, शरद यादवको नेतृत्वमा आएको भारतीय प्रतिधिमण्डल पनि सरिक थिए ।

 

विगतमा दौरासुरुवाल लगाएर प्रधानमन्त्रीले सपथ लिनेगरेकोमा प्रधानमन्त्री प्रचण्डले कोट पाइन्ट र कालो भादगाउंले नेपाली टोपी लगाएर सपथ लिए । राष्ट्रपतिले इश्वरसँग भन्ने शब्द उच्चारण गर्दा दाहालले जनतासँग भनी सम्बोधन गर्नु भएको थियो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com