Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 21st, 2008 |Make this home Page
Search -:-
    
September 1st, 2008

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद विस्तार



प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको विस्तार गर्नु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको विस्तार गर्नु भएको छ । मन्त्रिपरिषदमा नेकपा एमालेका वामदेव गौतमलाई गृहसहित उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

 

माओवादीबाट डा.बाबुराम भट्टराई अर्थ, रामबहादुर थापा बादल रक्षा, कृष्णबहादुर महरा सूचना तथा संचार, जर्नादन शर्मा प्रभाकर शान्ति तथा पुननिर्माण, लेखराज भट्ट श्रम, मातृका यादव भूमिसुधार, गोपाल किरांती संस्कृति तथा राज्य पुनसंरचना, पम्फा भुषाल सामान्य प्रशासन र हिसिला यमीले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

त्यस्तै नेकपा एमालेबाट विष्णु पौडेल जलस्रोत, अष्टलक्ष्मी शाक्य उद्योग, गोपाल शाक्य युवा तथा खेलकुद, रामचन्द्र झा स्थानीय विकास र किरण गुरुङले वन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

मधेशी जनअधिकार फोरमबाट उपेन्द्र यादव परराष्ट्र, जयप्रकाश प्रसाद गुप्ता कृषि, विजयकुमार गच्छदार भौतिक योजना र रेणु यादव शिक्षा मन्त्रालय, सदभावनाका अध्यक्ष राजेन्द्र महतोले वाणिज्य तथा आपूर्ति मन्त्रालय, जनमोर्चा नेपालका नेता गिरिराजमणि पोखरेलले स्वास्थ्य र नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले विज्ञान तथा प्रविधि मन्त्रालय पाएका छन् ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com