Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 21st, 2008 |Make this home Page
Search -:-
    
September 19th, 2008

अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै



सरकारले आर्थिक वर्ष २०६५/०६६ का लागि करिब साढे दुई खर्ब रुपैयाँ बराबरको बजेट आज प्रस्तुत गर्दै छ ।

सरकारले आर्थिक वर्ष २०६५/०६६ का लागि करिब साढे दुई खर्ब रुपैयाँ बराबरको बजेट आज प्रस्तुत गर्दै छ । गत वर्षभन्दा झण्डै ४० प्रतिशत बढी अर्थात दुई खर्ब ३८ अर्ब रुपैयाँको बजेट अर्थमन्त्री डा. बाबुराम भट्टराईले अपरान्ह चार बजे व्यवस्थापिका संविधानसभाको बैठकमा प्रस्तुत गर्नुहुनेछ ।

 

गत वर्ष सरकारले एक खर्ब ६२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । यस पटकको बजेटमा कर्मचारीको तलब वृद्धि, स्थानीय निकायमा जाने रकम वृद्धि, राहत प्याकेजसँगै कृषि, जलस्रोत, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ।

 

त्यसैगरी वृद्ध र विधवा भत्ता वृद्धि, साना किसानको ऋण मिनाह कार्यक्रम, कोसी पीडितलाई राहत, कर्णाली क्षेत्रका लागि विशेष कार्यक्रम, स्वदेशी उद्योगको संरक्षण, विभिन्न सडक निर्माण योजना बजेटमा समेटिएका छन् ।

 

यो बजेटले दुई अंकको आर्थिक वृद्धि हासिल गर्न पूर्वाधार तयार पार्ने अर्थमन्त्री डा. बाबुराम भट्टराईको विश्वास छ । चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्यसहित बजेट तयार पारिएको छ।

 

दुई तीन वर्षभित्रै दोहोरो अंकको वृद्धि हासिल गर्न पूर्वाधार बनाउने बजेट ल्याइने अर्थमन्त्री डा. भट्टराईले बताउनुभएको छ। प्रत्येक गाविसलाई दश लाख जाने गरेकोमा यस वर्षदेखि कार्यमूल्याङ्कको आधारमा दोब्बर पारिने भएको छ।

 

त्यस्तै कर्मचारीको तहअनुसार तलव २ हजारदेखि ३० हजारसम्म वृद्धि गरिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ। त्यस्तै द्वन्द्व पीडित राहतका लागि करिब १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । बजेटले एक खर्ब ४० अर्ब राजश्व असुली गर्ने लक्ष्य राखेको छ। अन्य रकम बैदेशिक र आन्तरिक ऋण तथा अनुदानबाट संकलन गरिने बताइएको छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com