अविरल वर्षाका कारण सुदुरपश्चिमको विभिन्न जिल्लामा आएको बाढीका कारण २८ जनाको मृत्यु भएको छ ।
अविरल वर्षाका कारण सुदुरपश्चिमको विभिन्न जिल्लामा आएको बाढीका कारण २८ जनाको मृत्यु भएको छ ।
कैलालीमा मृत्यु भएका १३ जनाको शव फेला परेको छ भने पछिल्लोपल्ट पहलमानपुर गाविस वडा नं. २ मा आज नाम नखुलेका दुइ युवक र मसुरियामा एक विक थरका बालकको शव भेटिएको छ ।
यस्तै निगाली गाविसमा १६ वर्षका सुमन सिंह, गेटा गाविस श्रीलंका टापुमा एक बालकको शव फेला परेको छ । बलिया गाविस वडा नम्बर ६ चौँरी खड्काटोलीका १७ वर्षका मदन खड्का रोराखोलाले बगाएर बेपत्ता भएका छन् । ६ जनाको शव हिजै फेला परेका थियो । कैयन बाढीपीडित सर्म्पर्कविहीन छन् । बाढी र डुबानबाट जोखिममा रहेकाहरूको उद्धार हुन सकेको छैन ।
वर्षा अहिले पनि जारी रहेकाले क्षतिको लगत संकलन र बाढी प्रभावित क्षेत्रमा गई उद्धार गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसिरहेको छ । बाढीका कारण ४ हजा ५ सय घरपरिवार विस्थापित भएको अनुमान छ । तीन सय भन्दा बढी घर बाढीले बगाएको छ ।
सयौं बासिन्दा डुबानबाट जोगिन नजिकैका स्कुल, पक्की घरका छत, जंगल र अग्लो ठाउँ खोज्दै हिँडेका छन् । हसुलिया गाविस महेन्द्रपुरका २ सय ५० परिवार अहिले जंगलमा बसिरहेका छन् ।
हिजो प्रहरीले तीन सयभन्दा बढी डुबान पीडित बासिन्दालाई उद्धार गरी सुरक्षित ठाउँमा पुर्याएको थियो । उनीहरूलाई अहिले खान र बस्न समस्या भइरहकेा छ । कैलालीका सबैजसो गाविस डुबानमा परेका छन् । वर्षा र हुरीका कारण त्यहाँको विद्युत सेवा अवरुद्ध भएको छ ।
उद्धारका लागि प्रहरी र अरु उद्धारकर्मी परिचालनमा स्थानीय प्रशासनले खासै सक्रियता देखाएको छैन । क्षतिको एकिन विवरण पनि प्रशासनले दिएको छैन । धनगढी र टिकापुर नगरपालिकासहित कैलाली जिल्लाका अधिकांश गाविस डुवानमा परेका छन् ।
कैलालीको मोहना, काँडा र कन्द्रा नदीनजिकका बस्तीहरूमा बढी क्षति पुगेको छ । धानबाली र गाईवस्तु पनि ठूलो मात्रामा बगेको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा रामशिखरझाला गाविस वडा नम्बर ९ का ५ वर्षका विशाल वादी, सोही वडाका ४५ वर्षका अग्नि चौधरी, पथ्थरैया गाविस वडा नम्बर १ जागाटोलका २२ वर्षका सुरेश जागा, गोदावरी गाविस वडा नम्बर ५ की १० वर्षकी पुजा सुनार र उनकी वहिनी ६ वर्षकी लक्ष्मी सुनार रहेकी छन् । त्यसैगरी गेटा गाविस ७ श्रीलंका वस्तीकी ७० वर्षकी कमली विकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।