Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
January 8th, 2009 |Make this home Page
Search -:-
    
November 4th, 2008

तराईवासीहरुको महान चाड छठ पर्व धुमधामसाथ मनाँईदै



पारिवारिक सुख, शान्ति, कल्याण र रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पुरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने

तराईवासी नेपालीको महान् चाड छठ पर्व मंगलबार साँझ अस्ताउँदो सूर्य र बुधबार बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अर्घ्य दिई सम्पन्न गरिंदै छ । पारिवारिक सुख, शान्ति, कल्याण र रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पुरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा तराईका नदी-तलाउमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्छ ।

काठमाडौंमा बस्ने तराईवासीले विगत केही वर्षदेखि रानीपोखरी र वाग्मती नदी किनारमा भेला भई सो पर्व मनाउने गर्दै आएका छन् । सूर्य आराधनाको यस पर्वलाई 'छठ' भन्ने चलन छ । चैत महिनाको शुक्लपक्षमा 'चैती छठ' र कात्तिक महिनाको शुक्लपक्षमा 'कात्तिकी छठ' मनाउने परम्परा रहे पनि कार्तिकी छठको महत्व ठूलो भएकाले धेरैजसो श्रद्धालुले कार्तिकी छठलाई महत्व दिने गर्छन् ।

यो पर्वलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठी मइया पूजा पनि भन्ने गरिन्छ । उल्लासमय वातावरणमा मनाइने यस पर्वको पहिलो दिन व्रतालु नुहाएर चोखो भई आफैले बनाएको सात्विक भोजन गर्ने गर्छन् ।

'खरना' भनिने दोस्रो दिन दिनभर व्रतालु उपवास बसेर साँझको समयमा छठमाईको पूजा गरेपछि 'खरना'को  प्रसाद आˆना परिवारलाई दिने र आफूले पनि प्रसाद खाने गर्छन् ।

व्रतको तेस्रो दिन अर्थात् षष्ठी तिथिमा पवित्र जलाशयमा नुहाएर ठेकुवा, पुरी, चामलको पिठोको सख्खरसहितको लड्डु, विभिन्न प्रकारका फलफूल, उखु, नरिवल, बेसारको बोट र मिष्ठान्नलाई बाँसले बनाइएको ढाकी, नाङ्लो आदिमा राखेर नदी, पोखरी, नहर र जलाशयको छेउमा गएर अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गर्ने परम्परा छ ।

व्रतालुले पानीमा बसेर भक्तिपूर्वक पूजा गरी अस्ताएको सूर्यलाई अघ्र्य दिएर दर्शन गर्छन् । यस कार्यमा उपस्थित परिवारका सदस्यले पनि अघ्र्यमा दूध र गङ्गाजल हालेर अघ्र्य दिन सघाउँछन् ।

रातभरि भजन कीर्तनसहित छठमाईको पूजा-आजा गरी भोलिपल्ट सप्तमी तिथिमा उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर यो पवित्र पर्वको समापन गरिन्छ ।

त्यसपछि आफन्त र इष्टमित्रलाई छठमाईको पूजाको प्रसाद खुवाउने चलन छ । छठ पूजाले आˆना परिवारलाई एक ठाउँमा भेला हुने अवसर प्रदान गर्छ । यस अवसरमा नयाँनयाँ वस्त्र धारण  र चेलीबेटीलाई आमन्त्रण गरिन्छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com