Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
January 8th, 2009 |Make this home Page
Search -:-
    
November 5th, 2008

हर्षोल्लासका साथ छठ पर्व सकियो



तराईबासीहरुको महान चाड छठ आज विहान उदाउँदो सुर्यलाई अर्घ दिएपछि सकिएको छ ।

तराईबासीहरुको महान चाड छठ आज विहान उदाउँदो सुर्यलाई अर्घ दिएपछि सकिएको छ । सुस्वाथ्य, दीर्घायू, मनोकामना पुरा गर्नका लागि विगत ५ दिनदेखि मनाउन शुरु गरिएको उक्त पर्व नजिकैको जलासयमा गई हिजो अस्ताउँदो र आज उदाउँदो सुर्यलाई अर्घ दिएपछि सकिएको हो ।

सोही अवसरमा हिजो राष्ट्रपति डा. रामबरण यादव र उपराष्ट्रपति परमानन्द झा गौरीघाटस्थित वाग्मती नदीको किनारमा गई पूजाआजा गर्नुभएको थियो । तराईका विभिन्न जिल्लाहरुमा यसलाई भव्यरुपमा मनाइएको छ ।

कोशी विपत्ती कारण यसवर्ष थुप्रै तराईवासीहरु घर फर्कन नसकेकाहरुले पनि राजधानीमै यस पर्व मनाएका छन् । यसपटक राजधानीमा पनि छठको विशेष रौनक देखिएको थियो । राजधानीको रानीपोखरी लगायत विभिन्न पोखरी तथा नदी किनारमा छठ पर्व मनाउनेको संख्या राजधानीमा गत वर्षहरु भन्दा निकै बढेको थियो ।  

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com