Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
January 8th, 2009 |Make this home Page
Search -:-
    
November 6th, 2008

दुई दलीय संयन्त्रद्धारा उपराष्ट्रपति झासँग स्पष्टिकरण लिन आग्रह



नेकपा माओवादी र नेकपा एमालेद्वारा गठित दुई दलीय संयन्त्रले उपराष्ट्रपति परमानन्द झाको

नेकपा माओवादी र नेकपा एमालेद्वारा गठित दुई दलीय संयन्त्रले उपराष्ट्रपति परमानन्द झाको बुधबारको अभिव्यक्ति असंवैधानिक रहेको ठहर गर्दै स्पष्टिकरण लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । संयन्त्रले स्पष्टिकरण सोध्नेबारे अन्य दलहरुसँग परामर्श गरी निर्णय लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिइएको संयन्त्रका सदस्य एवं संचारमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभएको छ।

सिंहदरबारस्थित एमाले संविधानसभा दलको कार्यालयमा बिहीबार बिहान बसेको दुई दलीय संयन्त्रको बैठकले उपराष्ट्रपतिको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको हो ।

उपराष्ट्रपति झाले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा दलहरुले पटक पटक संविधानको उल्लंघन गरेको भन्दै संविधानको पालना गर्ने दायित्वबाट राष्ट्रपति विमुख भएको आरोप लगाएका थिए ।

बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै संयन्त्रका संयोजक एवं एमाले नेता माधवकुमार नेपालले उपराष्ट्रपतिबाट असामान्य ढंगले बारम्बार यस्ता अभिव्यक्ति आएको भन्दै त्यसबारे गम्भीर हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।

उहाँले यस्तो कुरा दोहोरिन नहुने बताउँदै प्रधानमन्त्रीले अन्य दलसँग छलफल गरी तत्काल निर्णय लिनुपर्ने बताउनुभयो । उपराष्ट्रपति झाले यसअघि पनि आफ्नो भूमिका प्रष्ट नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

दुई दलीय संयन्त्रको बिहीबारको बैठकले सेना समायोजनका लागि गठित विशेष समितिमा कांग्रेसलाई सहभागी गराउन गम्भीर पहल थाल्ने निर्णयसमेत गरेको छ।

यसका लागि आजै अपरान्ह प्रमुख चार दलको बैठक बस्ने संयन्त्रका सदस्य माओवादी नेता दीनानाथ शर्माले जानकारी दिनुभएको छ। बैठकले विशेष समितिको दायरा परिमार्जन गर्नेबारे पनि छलफल गर्ने बताइएको छ। 

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com