Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
January 8th, 2009 |Make this home Page
Search -:-
    
November 8th, 2008

कांग्रेसका कारण संविधान निर्माणमा ढिलाई भएको सञ्चारमन्त्री महराको आरोप



सूचना तथा संचामन्त्री कृष्णबहादुर महराले नेपाली कांग्रेसका कारण सेना समायोजनमा ढिलाई भएको आरोप लगाएका छन् ।

सूचना तथा संचामन्त्री कृष्णबहादुर महराले नेपाली कांग्रेसका कारण सेना समायोजनमा ढिलाई भएको आरोप लगाएका छन् । २३ कात्तिकमा हातेमालो मिडिया र्सर्भिसको चौंथो वार्षिकोत्सवमा बोल्दै उनले कांग्रेसले संविधान निर्माणमा अवरोध खडा गरेको आरोप लगाएका हुन् ।

'संविधान समयमै निर्माण गर्न सरकार गम्भीर भएर लागेको छ,' महराले भने,'कांग्रेसको यथास्थितिवादी चिन्तनले संविधान निर्माणमा अवरोध आएको छ ।' सबै किसिमका अवरोधलाई पन्छाएर तोकिएकै समयमा संविधान बनाउने उनको भनाई थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले संविधान निर्माणमा ढिलाई भए अर्को आन्दोलन हुने चेतावनी दिए । सरकारमा सहभागी दलहरु जिम्मेवार नहुदा संविधान लेखनमा ढिलाई भएको उनको आरोप थियो ।

नेकपा एमाले स्थायी कमिटि सदस्य भरतमोहन अधिकारीले संविधान लेखनका लागि साझा सहमति बनाउन ढिलाई गर्न नहुने बताए ।

नेकपा माओवादीका नेता दीनानाथ शर्माले संविधान समयमै निर्माण गर्नबाट कसैले रोक्न नसक्ने बताए ।

कार्यक्रममा रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले संविधान समयमै निर्माणका लागि क्लबले दबाब सृजना गर्न देशव्यापी साक्षात्कार गर्ने बताए । दलहरुबीच एकता, सहमति र सहकार्य अनिवार्य भएको भन्दै त्यसका लागि सबैले दबाब सृजना गर्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रम हातेमालो मिडिया र्सर्भिसका अध्यक्ष माधव निर्दोषको सभापतित्वमा सम्पन्न भएको थियो । 
 

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com