Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
January 8th, 2009 |Make this home Page
Search -:-
    
November 8th, 2008

सेना समायोजन समिति विघटन हुँदैन, पुर्नगठन हुने : गृहमन्त्री



उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले सेना समायोजन विशेष समिति विघटन नहुने बताएका छन् ।

उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले सेना समायोजन विशेष समिति विघटन नहुने बताएका छन् । उनले सेना समायोजन विशेष समिति विघटन नहुने तर पुनगठन वा थप हुन सक्ने बताए ।

काठमाडौंमा २३ कात्तिक देखि शुरु भएको सामुदायिक वन क्षेत्रमा काम गर्ने दक्षिण एसियाका प्रतिनिधिहरुको दुइ दिने कार्यशाला गोष्ठिको उद्घाटन पछि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री गौतमले समिति बिघटन नहुने बताएका हुन् । हिजो संविधानसभाको बैठकमा कांग्रेस र तराइ मधेस लोकतान्त्रीक पार्टीले समिति विघठनको माग गरेपछि विशेष समितिका संयोजक समेत रहेका गौतमको पछिल्लो भनाई आएको हो । उनले समितिलाई पूर्णता दिन राजनीतिक सहमति खोज्ने प्रयास भइरहेको बताए ।

सहमति जुटाउने प्रयास भइरहेकोले समितिले काम थाल्न नसकेको गृहमन्त्री गौतमको भनाई थियो । उपराष्ट्रपति झाप्रति लच्छीत गर्दै गृहमन्त्री गौतमले सेना समायोजन विशेष समिति बैधानिक छैन भन्नेहरुको भनाई नै अबैधानिक रहेको बताए ।

समिति बैधानिक वा अबैधानिक छ भन्ने कुरा कसैले भनेर नहुने बताउँदै उनले यसको फैसला सर्वोच्च अदालतले गर्ने बताए । गृहमन्त्री गौतमले विश्वका सामु नेपाल एउटा सुरक्षित गन्तव्य भएको प्रत्याभूति दिने हिसावले सरकारले काम गरिरहेको बताए ।
 

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com