November 12th, 2008 प्रधानमन्त्रीको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली भारत प्रस्थान
प्रधानमन्त्री प्रचण्ड बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन १५ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन १५ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड बहुपक्षिय आर्थिक एवं प्राविधिक सहयोगका लागि बङगालको खाडीको प्रयास बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन भारत जानुभएको हो ।
बिमस्टेकको दोश्रो शिखर सम्मेलन भारतको नया दिल्लीमा भोलीदेखि सुरु हुदैछ । प्रधानमन्त्री प्रचण्डले आजै साझ भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहसंग भेट गर्ने कार्यक्रम रहेको छ । भेट पछि उहा भारतीय प्रधानमन्त्री सिंहले गर्ने रात्री भोजमा सहभागी हुनुहुनेछ । बिमस्टेकको भोलि हुने शिखर सम्मेलनको उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मलेन पछिको संयुक्त पत्रकार सम्मेलनमा भाग लिएपछि प्रचण्डले थाइल्याण्डका प्रधानमन्त्री सोम्चाई वोङसाबतसंग भेट गर्ने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री प्रचण्ड २९ गते देहरादून जाने र त्यहाको तेहरी बाँध र वन अध्ययन संस्थानमा भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्रधानमन्त्रीको भ्रमणटोलीमा जलश्रोतमन्त्री विष्णु पौडेल मुख्य सचिव भोजराज घिमिरे प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार हिराबहादुर थापा प्रधानमन्त्रीका स्वकीय सचिव शक्तिबहादुर बस्नेत लगायत हुनुहुन्छ ।
यस अघि हुने मन्त्रीस्तरीय बैठकमा भाग लिन परराष्ट्रमन्त्री उपेन्द्र यादव सम्मेलनमा भाग लिन हिजै भारत जानु भएको थियो ।
|