Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
January 8th, 2009 |Make this home Page
Search -:-
    
November 20th, 2008

हत्याको विरोधमा स्थानीयवासीद्वारा प्रदर्शन, हत्यारालाई कारवाही गर्न माग



स्युचाटारका दुइ युवाको हत्या भएको विरोधमा आज स्थानीयवासीहरुले कलंकी क्षेत्रमा विरोध प्रदर्शन र चक्का जाम गरेका छन् ।

स्युचाटारका दुइ युवाको हत्या भएको विरोधमा आज स्थानीयवासीहरुले कलंकी क्षेत्रमा विरोध प्रदर्शन र चक्का जाम गरेका छन् । चक्का जामका कारण राजधानीबाट बाहिर जाने सवारी साधनहरु जान सकेका छैनन् । यसैगरी काठमाडौंका विभिन्न क्याम्पसहरु अगाडि पनि नेपाल विद्यार्थी संघले विरोध गरेको छ ।

माओवादी भातृ संगठन वाईसिएल कार्यकर्ताले गत कार्तिक चार गते धादिङको मलेखुबाट अपहरण गरेका दुइ युवाको शव धादिङको पीडा गाउँ विकास समिति दरियाल खोलामा भेटिएको छ । अपहरित पुष्कर डंगोल र निर्मल पन्तको शव पारिवारिक सदस्य, इन्सेक प्रतिनिधि सहितको टोलिद्वारा काठमाडौं ल्याइएको छ । दुबै शव अहिले पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । 

दुवै युवा काठमाडौं स्यूचाटार निवासी हुन् । अपहरित यूवाको खोजिका लागि नागरिक बेपत्ता खोजविन संर्घष समितिले विभिन्न दबाब मुलक आन्दोलन गर्दै आएको थियो । पन्त तथा डंगोल परिवारका सदस्यहरुले दोषीमाथि कडा कारवाही गरी दण्डहिनताको अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com