'नयाँ नेपालको नयाँ संविधानः बाल अधिकारको पूर्ण् सम्मान' मूल नारका साथ नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
आज १९ औं अन्तर्राष्ट्रिय बालअधिकार दिवस । 'नयाँ नेपालको नयाँ संविधानः बाल अधिकारको पूर्ण् सम्मान' मूल नारका साथ नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
विभिन्न कार्यक्रम सहित आज विश्वभरि नै अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको १९ औ वाषिर्कोत्सव मनाइँदैछ । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी वाल अधिकार दिवस मनाईदैछ ।
बाल अधिकार दिवसको अबसरमा बालअधिकारसँग सम्बन्धित संघसंस्थाले विहानैदेखि काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न ठाउँमा र्याली निकालीरहेका छन् । बालअधिकार सम्बन्धी महासन्धी सन् १९९० मा अनुमोदन गरेपछि त्यसको कार्यान्वयनका लागी नेपालले पनि थुप्रै काम गरिरहेको सरकारी दावी छ ।
तर, बाल सरोकार क्षेत्रका विज्ञहरुका अनुसार नेपालले अहिले पनि बालअधिकारको कार्यान्वयन भने हुन सकेको छैन् ।
बालअधिकार दिवसकै सर्न्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगले विगतमा भएका बाल अधिकार सम्वन्धि प्रतिवद्धताहरूलाई यथाशीघ्र कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । आयोगले विज्ञप्ति निकालेर सरकारलाई संविधानमा व्यवस्था गरेअनुसारको बालअधिकार प्रत्याभूत गर्न आग्रह गरेको हो ।