Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
September 8th, 2008 |Make this home Page
Search -:-
    
April 27th, 2008

एमाले केन्द्रीय कमिटीको वैठक शुरु हुँदै



नेकपा एमाले केन्द्रीय कमिटीको १८ औं बैठक आजदेखि राजधानीमा शुरु हुँदैछ । वैठक आज दिउसो १२ बजेबाट पार्टी कार्यालय बल्खुमा शुरु हुँदैछ ।

नेकपा एमाले केन्द्रीय कमिटीको १८ औं बैठक आजदेखि राजधानीमा शुरु हुँदैछ । वैठक आज दिउसो १२ बजेबाट पार्टी कार्यालय बल्खुमा शुरु हुँदैछ ।

आजदेखि शुरु हुने वैठकमा संविधान सभाको चुनावमा पार्टीले बेहोर्नुपरेको पराजय, चुनावी परिणामको समिक्षा तथा आगामी कार्य योजना लगायतका विषयमा छलफल हुनेछ ।


त्यस्तै चुनावमा बेहोरेको हारको नैतिक जिम्मेवारी लिँदै एमाले महासचिव माधवकुमार नेपालले पदबाट दिएको राजिनाका विषयमा पनि आजको वैठकमा छलफल हुनेछ । छलफलपछि वैठकले नेपालको राजिनामा र नयाँ नेतृत्वका लागि पार्टीको आठौ महाधिवेसनको विषयमा निर्णय गर्नेछ । 

एमाले नेताहरुका अनुसार यो केन्द्रीय कमिटीको वैठकले नेकपा एमालेका हिजोका दिनको मुल्याङकन गर्दै आगामि कार्ययोजनाको मार्गचित्र तय गर्नेछ । एमाले स्थायी समितिका सदस्य झलनाथ खनालले संविधान सभाको चुनावी परिणाम र सरकार गठन अगाडी बस्न लागेको वैठक महत्वपूर्ण हुने जानकारी दिनुभयो ।

आजको वैठकमा यसअघि स्थायी समितिले अनुमोदन गरेका प्रस्ताव र कार्यवाहक महासचिव अमृत कुमार बोहराको राजनितिक प्रतिवेदन पेश गरिनेछ । कार्यवाहक महासचिव बोहराको १० पेज लामो प्रतिवेदनमा सरकारमा एमालेको सहभागीता, चुनावी समिक्षा, आठौ महाधिवेसन, जनताको बहुदलीय जनवादको सान्दर्भिकता लगायतका विषयहरु समेटिएका छन् ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com