Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
October 7th, 2008 |Make this home Page
Search -:-
    
April 27th, 2008

एमाले र मधेशी जनाधिकार फोरमबीच छलफल



नेकपा एमाले र मधेशी जनअधिकार फोरमले सामान्य बहुमतबाट सरकार भङ्ग गर्न सकिने प्रावधानसहित संविधान संशोधन हुनुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमाले र मधेशी जनअधिकार फोरमले सामान्य बहुमतबाट सरकार भङ्ग गर्न सकिने प्रावधानसहित संविधान संशोधन हुनुपर्नेमा जोड दिएका छन् ।

 

नेकपा एमाले र फोरमका नेताहरुबीच आइतबार बिहान कोटेश्वरस्थित एमाले नेता माधवकुमार नेपालको निवासमा भएको छलफलमा दुई तिहाई बहुमतबाट मात्रै सरकार बनाउन र भङ्ग गर्न सकिने संवैधानिक व्यवस्था संशोधन गर्नेबारे छलफल भएको हो ।

 

निर्वाचनबाट नयाँ शक्तिको उदय भएकाले सात दलको राजनीतिक सहमतिका आधारमा राज्य संचालन गर्ने भन्ने संवैधानिक व्यवस्थामा संशोधन गर्नुपर्ने प्रस्ताव फोरमले अघि सारेको संयोजक उपेन्द्र यादवले जानकारी दिनुभयो ।

 

एमालेका तर्फबाट निवर्तमान एमाले महासचिव माधव कुमार नेपाल, कार्यबाहक महासचिव अमृत कुमार बोहोरा, भरतमोहन अधिकारी, ईश्वर पोखरेल तथा फोरमका तर्फबाट संयोजक यादवसहित उपेन्द्र झा, डा. महादेव साह र श्यामानन्द सुमनको सहभागिता रहेको छलफलमा नेताहरुले नयाँ परिस्थितिमा नयाँ ढंगको सहमतिका साथ अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

  

आगामी सरकारको स्वरुप, राजनीतिक सहमतिलगायतका विषयमा फोरमले आजै माओवादी र कांग्रेससँग पनि छुट्टाछुट्टै रुपमा छलफल गर्ने संयोजक यादवले जानकारी गराउनुभयो ।

More Headlines -:-

»  अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत
»  रात्रीकालिन रेष्टुरेण्ट व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
»  सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप
»  जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री
»  प्रधानमन्त्री दाहाल र बाउचरबीच भेटवार्ता
»  सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी
»  बाढी पहिरोबाट सुदुरपश्चिमको जनजीवन प्रभावित, २८ को मृत्यु
»  सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट
»  अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै
»  धादिङमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु, ३८ घाइते
 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com