Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
October 7th, 2008 |Make this home Page
Search -:-
    
May 2nd, 2008

एकलौटी सरकार बनाउने दाबी



गठबन्धन सरकार बनाउन अन्य दलसँग हदैसम्मको प्रयास सम्भव नभए एकलौटी सरकार बनाउने दाबी माओवादीका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले गरेका छन् ।

गठबन्धन सरकार बनाउन अन्य दलसँग हदैसम्मको प्रयास सम्भव नभए एकलौटी सरकार बनाउने दाबी माओवादीका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले गरेका छन् ।

अर्न्तराष्ट्रिय मजदुर दिवसमा अखिल नेपाल ट्रेड युनियनले राजधानीमा आयोजना गरेको सभामा महराले सरकारको नेतृत्व गर्ने अधिकार माओवादी बाहेक कसैलाई नभएको बताएका हुन् । उनले सरकारको नेतृत्वको जनादेश आफ्नो पार्टीले मात्रै पाएको अडान राख्दै रोक्न खोज्ने शक्तिको पतन हुने चेतावनीसमेत दिएका छन् ।

आफ्नो दल सहकार्य र सहमतिको पक्षमा रहेको बताउँदै उनले कांग्रेस, एमालेलगायतका दलले संयुक्त सरकारमा संविधानसभाले दिएको जनादेश अनुरूपको स्थान पाउने दाबी गरे ।

महराले राजतन्त्रको आयु अब केही दिनमात्रै बाँकी रहेको दाबी गर्दै माओवादीले राजतन्त्रको अन्त्य र संघीय गणतन्त्रको संस्थागत गर्नुलाई मुख्य सूचीमा राखेको बताए । सामन्ती उत्पादन सम्बन्धको अन्त्य गर्दै मजदुरमुखी शासन लागू गर्ने योजना राख्दै उनले  त्यसपछि मुलुक आर्थिक क्रान्तिको चरणमा पुग्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले व्यवसायीलाई मालिक भनी सम्बोधन नगर्न आग्रह गर्दै रोजगारदाता र श्रमजीवीबीचको संवाद सहकार्य अघि बढाएमा आर्थिक क्रान्ति  हुनसक्ने बताए ।

नेवाः राज्य समितिका इन्चार्ज तथा संविधानसभासद हितमान शाक्यले माओवादीलाई सत्तामा जानबाट रोकिए जनताले प्रतिरोध गर्ने चेतावनी दिए । अर्का वक्ता अखिल नेपाल ट्रेड युनियनका अध्यक्ष शालिकराम  जमरकटेलले पनि सरकारमा जान नदिए वोद्रोह नै हुने बताए । 

वाईसीएलका अध्यक्ष गणेशमान पुनले वाईसीएल संयम भएकाले मात्रै निर्वाचन सम्पन्न भएको बताउँदै वाईसीएललाई जनताले अनुमोदन गरेको दाबी गरे । कसैले विघटन गर भन्दैमा वईसीयल विघटन हुँदैन भन्दै साम्यवाद नल्याई वाईसीएलको विघटन नहुने उनको जिकिर थियो ।

More Headlines -:-

»  अर्थमन्त्रीद्वारा संविधानसभामा बजेट सम्बन्धी उठेका प्रश्नहरुको जबाफ प्रस्तुत
»  रात्रीकालिन रेष्टुरेण्ट व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
»  सरकारले पश्चिमका बाढी पीडितलाई उपेक्षा गरेको सभासदहरुको आरोप
»  जलविद्युतमा लगानीका लागि विदेशीको धुइरो - जलस्रोतमन्त्री
»  प्रधानमन्त्री दाहाल र बाउचरबीच भेटवार्ता
»  सराकारद्धारा तराईका सशस्त्र समूहसँग वार्ताको तयारी
»  बाढी पहिरोबाट सुदुरपश्चिमको जनजीवन प्रभावित, २८ को मृत्यु
»  सेनामा प्रवेशका लागि मापदण्ड पूरा हुनुपर्ने प्रधानसेनापतिद्धारा स्पष्ट
»  अर्थमन्त्री डा. बाबुराम भट्टराईद्धारा आज बजेट प्रस्तुत गर्दै
»  धादिङमा यात्रु बस दुर्घटना, १४ जनाको मृत्यु, ३८ घाइते
 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com