Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
July 24th, 2008 |Make this home Page
Search -:-
    
May 5th, 2008

सदभावना आनन्दीदेवीमा चर्को विवाद



नेपाल सदभावना आनन्दीदेवी दुई पक्षबीच संविधानसभा सदस्यका लागि नाम छनोट गर्ने बारे चर्को विवाद बढेको छ ।
नेपाल सदभावना आनन्दीदेवी दुई पक्षबीच संविधानसभा सदस्यका लागि नाम छनोट गर्ने बारे चर्को विवाद बढेको छ । निर्वाचन आयोगले दुई छुट्टाछुट्टै समूहले बन्दसूचीबाट संविधानसभा सदस्यका लागि नाम छनोट गरी पठाएको छुट्टाछुट्टै नामबारे आज स्पष्टिकरण लिएको छ ।

दुवै पक्षले आयोगमा आफूले पठाएको नामावली आधिकारिक भएको दाबी गरेका छन् । समानमुपातिक तर्फ प्राप्त मतका आधारमा सद्‌भावना आनन्दीदेवीले दुइ सदस्यको प्रतिनिधित्व पाउनेछ ।

श्यामसुन्द गुप्ता समूहले आफूहरुले आधिकारिक बैठक बसी नाम तय गरेकाले त्यसैलाई मान्यता दिनुपर्ने जिकिर गरेको भने खुशीलाल मण्डल समूहले पनि आफूहरुले पठाएको नाम आधिकारिक भएको दाबी गरेको छ ।

यता सदभावना आनन्दीदेवीकी अध्यक्ष आनन्दीदेवीको अपहरण गरेको आरोप पनि एकले अर्को पक्षमाथि लगाएको छ ।

आयोगले आधिकारिक नामको टुंगो लगाउन भने बाँकी नै छ ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com