Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
July 24th, 2008 |Make this home Page
Search -:-
    
May 12th, 2008

कांग्रेस र मधेशवादी दलबीच संविधानमा संशोधन गर्ने सहमति



नेपाली कांग्रेस र मधेशवादी दलबीच अन्तरिम संविधानमा संशोधन गर्ने सहमति भएको छ ।

नेपाली कांग्रेस र मधेशवादी दलबीच अन्तरिम संविधानमा संशोधन गर्ने सहमति भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका मधेशवादी दलका नेता तथा नेपाली कांग्रेसका नेताहरुबीच भएको छलफलमा यस्तो सहमति भएको हो ।

मधेशी दलका नेताहरुले संविधान संशोधनमा जोड दिएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले त्यसमा सहमति जनाउनुभएको वालुवाटार श्रोतले जनाइएको छ । उनीहरुले प्रधानमन्त्री हटाउने दुई तिहाई मतको प्रावधान परिवर्तन गरी बहुमतबाट हटाउनसक्ने बनाउनुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री कोईरालाले त्यसलाई सकरात्मक रुपमा लिनुभएको बुझिएको छ । माओवादीलाई सरकारमा सहभागी हुनुअघि युद्धकालिन संरचना परिवर्तन गर्न दबाब दिनेमा पनि नेताहरुबीच सहमति भएको छ । त्यस्तै नयां सरकार गठन प्रक्रियाबारे पनि छलफल भएको थियो ।

उक्त भेटवार्तामा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका साथै कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम संयोजक उपेन्द्र यादव, नेताहरु विजयकुमार गच्छदार, शरदसिंह भण्डारी, तराई मधेश लोकतान्त्रिक पार्टीका हृदयश त्रिपाठी, सदभावना पार्टीका राजेन्द्र महतोलगायत सहभागी हुनुहुन्थ्यो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com