Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
January 8th, 2009 |Make this home Page
Search -:-
    
May 13th, 2008

माओवादी अधिनायकवादतर्फ : रामचन्द्र पौडेल



नेपाली कांग्रेसका उपसभापति एवं शान्ति तथा पुननिर्माण मन्त्री रामचन्द्र पौडेलले माओवादीले मुलुकलाई अधिनायकवादतर्फ धकेल्न खोजेको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेसका उपसभापति एवं शान्ति तथा पुननिर्माण मन्त्री रामचन्द्र पौडेलले माओवादीले मुलुकलाई अधिनायकवादतर्फ धकेल्न खोजेको आरोप लगाउनुभएको छ ।

राजधानीमा आज रिपोर्टस क्लब नेपालमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पौडेलले कांग्रेसले सरकार नछाडे धकेलेर हटाउने भन्ने माओवादीको भनाइ अधिनायकवादी भएको बताएका छन् । सहमतिको साटो धम्क्याउने माओवादीको प्रवृतिले माओवादीको सरकार नबन्ने धारणा राख्दै पौडेलले राजालाई हटाउन लागिएको बेला अर्को अधिनायकवादको खतरा देखिएको बताउनुभयो ।

कार्यक्रममा पौडेलले माओवादीले कमल थापाहरुलाई सम्मान तथा गिरिजाप्रसादहरुलाई अपमान गरेको आरोप लगाउँदै माओवादीको यस्तै प्रवृति जारी रहे कांग्रेस चुप लागेर नबस्ने चेतावनी समेत दिनु भएको छ ।

एउटै मुलुकमा दुइ सेना र राजनीतिक दलको छुट्टै हतियार हुननहुने भन्दै माओवादीले आफूसँग भएका हतियार बुझाउनुपर्ने वा जलाउनुपर्ने पौडेलको धारणा थियो । माओवादी सेना राष्ट्रिय सेनामा समायोजन गर्नु सरकार र माओवादीको मात्र बिषय नभएको उल्लेख गर्दै पौडेलले माओवादी सेनालाई सेनामा समायोजन गरिए मधेशका समूह, चुरेभावर, ताम्सालिङले पनि सेना बनाइरहेको छन् भन्नेतर्फ ध्यान दिएर दीगो काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सेनामा राजनीतिकरण गर्न खोजिए गम्भीर खतरा उत्पन्न हुनेतर्फ सचेत गराउनुभयो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com