Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 21st, 2008 |Make this home Page
Search -:-
    
May 19th, 2008

शान्ती प्रक्रियामा आउँदा सबैभन्दा पहिले भगवान बुद्धलाई सम्झें : प्रचण्ड



नेकपा माओवादीका अध्यक्ष प्रचण्डले लुम्बिनीमा आजबाट शुरु विश्व शान्ति सम्मेलनको उदघाटन गर्नुभएको छ ।

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले लुम्बिनीमा आजबाट शुरु विश्व शान्ति सम्मेलनको उदघाटन गर्नुभएको छ ।

उदघाटन कार्यक्रमका प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको अध्यक्ष प्रचण्डले आफ्नो पार्टी शान्ती प्रक्रियामा आउँदा सबैभन्दा पहिले भगवान बुद्धलाई सम्झेको बताउनुभयो । उहाँले बुद्धले जस्तै शान्तीबाटै सबैमा विजय प्राप्त गर्न सकिने विश्वासका साथ शान्ती प्रक्रियामा आएको दाबी गर्नुभयो ।

उहाँले मुलुकको शान्ति प्रक्रिया सफलताका साथ सम्पन्न हुने बताउँदै बुद्धले प्रतिपादन गर्नुभएको ज्ञान र शान्तिको सिद्धान्त नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण हुने बताउनुभयो । नेपाल इतिहास र  सबैभन्दा महत्वपूर्ण घडी नजिक आइपुगेको दाबी गर्दै प्रचण्डले संविधानसभाको पहिलो बैठक भाड्न खोजिए प्रतिकार गर्ने चेतावनी समेत दिनुभएको छ । प्रचण्डले मायादेवी मन्दिर र अशोक स्तम्भको समेत अवलोकन गर्नुभयो ।

सोही सम्मेलनमा एमाले महासचिव झलनाथ खनालले प्रचण्डलाई यही सम्मेलनबाट आफ्ना कार्यकर्ताहरुलाई शान्तिको मार्गमा अगाडी बढाउन आग्रह गर्नुभयो । महासचिव खनालले माओवादीले शान्ति प्रक्रियामा इमान्दारिता नदेखाएको आरोप लगाउँदै इमान्दार भएर शान्ति प्रक्रियामा भएका सहमतिको पूर्ण पालना गर्न समेत माओवादीलाई आग्रह गर्नुभयो ।

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com