Advertisement
current event, latest news
breaking news, sports
photo, models
voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu voy online menu   अनलाईन रेडियो सुन्नुहोस्
November 21st, 2008 |Make this home Page
Search -:-
    
August 28th, 2008

माओवादी र एमालेबीचको विवाद अन्त्य



नेपाल कम्युनिस्ट पार्टी माओवादी र एमालेबीच मन्त्रिपरिषद् गठनमा देखिएको विवाद अन्त्य भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी र एमालेबीच मन्त्रिपरिषद् गठनमा देखिएको विवाद अन्त्य भएको छ ।

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले महासचिव झलनाथ खनालबीच आज माओवादी संविधानसभा दलको कार्यालयमा भएको छलफलमा दोस्रो मर्यादाक्रममा राख्न माओवादी सहमत भएपछि विवाद अन्त्य भएको हो ।

एमालेबाट मन्त्रिपरिषद्‌मा प्रतिनिधित्व गर्ने वामदेव गौतमलाई दोस्रो मर्यादाक्रममा राख्न माओवादी सहमत भएको छ । एमालेले मन्त्रिपरिषद्‌मा सहभागिताका लागि यसअघि निर्णय भइसकेको नामहरुमा परिवर्तन नहुने जनाएको छ ।
गत शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा एमाले सहभागी हुने भनिए पनि अन्तिम अवस्थामा मर्यादाक्रममा विवाद भएपछि एमाले मन्त्रीहरुले सपथ लिएका थिएनन् ।  एमालेले सरकारमा नेता गौतमको नेतृत्वमा छ जनालाई पठाउने निर्णायगरिसकेको छ । एमालेले गृहमन्त्रीमा वामदेव गौतम, जलस्रोत मन्त्रीमा विष्णु पौडेल, स्थानीय विकासमा रामचन्द्र झा, वन मन्त्रीमा किरण गुरुङ, उद्योग मन्त्रीमा अष्टलक्ष्मी शाक्य, युवा तथा खेलकुदमा गोपाल शाक्यलाई पठाउने निर्णय गरेको छ ।  
 

More Headlines -:-

 

 


VOY TV
Send us your suggestion at kumar@voyonline.net
vision of young
ad
 
 

dot  

Help | Contact Us | Advertise with Us | Vacancy | Terms & Conditions | Privacy Policy | Sitemap | News Partners
Visitor No. :
© Copyright 2007 www. voyonline.net, All Rights Reserved
Powered by: PHPCow.com